पारसले प्रयोग गरेको जर्सी ‘रिटायर्ड’ गर्ने निर्णय गरिएको हो । नेपालमा कुनै पनि खेलमा यस्तो गरिएको यो पहिलोपटक हो ।

पारसले नेपाली क्रिकेटमा दिएको योगदानको सम्मानमा उनले प्रयोग गर्दै आएको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने निर्णय गरिएको क्यानले जनाएको छ ।

उनले गएको मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका थिए । ३४ वर्षीय अलराउन्डर पारसले १७ वर्षको क्रिकेट करियरको अन्त्य गरेका हुन् ।

पारसले सन् २००४ मा १५ वर्षको उमेरमा सिनियर टिममा डेब्यु गरेका थिए । उनले नेपालका लागि १० एकदिवसीय अन्तर्राष्ट्रिय र ३३ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

" /> पारसको जर्सी नम्बर ७७ अब राष्ट्रिय टिममा प्रयोग नगरिने - Sarbocha Media

पारसको जर्सी नम्बर ७७ अब राष्ट्रिय टिममा प्रयोग नगरिने

`

     २०७८ श्रावण २४ गते १०:२३

काठमाडौँ, २४ साउन । पूर्वकप्तान पारस खड्काले लगाउँदै आएको ७७ नम्बरको जर्सी अब राष्ट्रिय क्रिकेट टिममा प्रयोग नगरिने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पूर्वकप्तान पारसले प्रयोग गर्दै आएको ७७ नम्बरको जर्सी अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोग नगरिने निर्णय गरेको हो ।

पारसले प्रयोग गरेको जर्सी ‘रिटायर्ड’ गर्ने निर्णय गरिएको हो । नेपालमा कुनै पनि खेलमा यस्तो गरिएको यो पहिलोपटक हो ।

पारसले नेपाली क्रिकेटमा दिएको योगदानको सम्मानमा उनले प्रयोग गर्दै आएको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने निर्णय गरिएको क्यानले जनाएको छ ।

उनले गएको मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका थिए । ३४ वर्षीय अलराउन्डर पारसले १७ वर्षको क्रिकेट करियरको अन्त्य गरेका हुन् ।

पारसले सन् २००४ मा १५ वर्षको उमेरमा सिनियर टिममा डेब्यु गरेका थिए । उनले नेपालका लागि १० एकदिवसीय अन्तर्राष्ट्रिय र ३३ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?