एजेन्सि, १४ साउन । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन र जापानलाई उछिन्दै अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ ।
अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल ३५ पदक प्राप्त गरेको छ । चीन दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । चीनले १३ स्वर्ण, छ रजत र ९ कास्य पदक प्राप्त गरेको छ, भने जापानले १३ स्वर्ण, ४ रजत र ५ कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै ७ स्वर्ण, ११ रजत र ७ कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ ।
यसैगरी अस्ट्रेलिया ७ स्वर्ण, २ रजत र ९ कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । बेलायत ५ स्वर्ण, छ रजत र ५ कास्यसहित छैटौँ, दक्षिण कोरिया ४ स्वर्ण, २ रजत र ५ कास्यका साथ सातौँ, जर्मनी ३ स्वर्ण, ३ रजत र ५ कास्य जित्दै आठौँ, फ्रान्स ३ स्वर्ण, ३ रजत र ३ कास्यका साथ नवौँ तथा इटाली २ स्वर्ण, ७ रजत र ९ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ६३ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।




