काठमाडौँ, १३ साउन । ३२ औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलाडी गौरिका सिंह आफ्नो हिटमा तेस्रो भएकी छन् । गौरिकाले आज १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दै पहिलो हिटमा १ मिनेट ०.११ सेकेन्डमा दुरी पार गर्दै आफ्नो हिटमा तेस्रो भएकी हुन् ।
महिला तर्फको १०० मिटर फ्रिस्टाइलको हीट वानमा नाइजेरियाकीई अबियोला ओगुनबानवोले ५९.७४ सेकेन्डमा दूरी पार गर्दै प्रथम भएकी छन् भने मोंटेनेग्रोकी एनडेला एन्टूनोभिकले १ मिनेट ०.१ एक सेकेन्डमा दूरी पर गर्दै दोस्रो भएकी छन् । त्स्य्तई गुआमकी मिनेरी कुरोटोरी गोमेजले भने एक मिनेट ४ सेकेन्डमा दूरी पार गर्दै चौथो भएकी छन् ।
गौरिकाले १३औ दक्षिण एशियाली खेलकुदमा १० मी फ्रीस्टाइलमा ५८.१३ सेकेन्डमा दूरी पार गर्दै राष्ट्रिय किर्तिमान कायम गरकी थिइन् । त्यस्तै वर्ल्ड च्याम्पियनसिपमा २०१९ मा उनले यो दूरी एक मिनेट ०.६२ सेकेन्डमा पार गरेकी थिइन् ।
त्यस्तै अघिल्लो रियो ओलम्पिकमा उनले १ मिनेट ८.४५ सेकेन्डमा यो दूरी कायम गरेकी थिइन् ।
यो प्रदर्शनसँगै गौरिकाको सेमिफाइनलमा पुग्ने सम्भावना सकिएको छ ।
१०० मिटर फ्रिस्टाइलमा कुल ५२ जना खेलाडी मध्ये उत्कृष्ट १६ मा पर्ने खेलाडी सेमिफाइनलमा पुग्ने छन् ।
यस अघि मंगलबार सम्पन्न पौडीको पुरुष १०० मिटर फ्रीस्टाइलमा नेपाली पौडी खेलाडी एलेक्स शाह सेमिफाइनलमा पुग्न नसके पनि राष्ट्रिय किर्तिमान कायम गरेका थिए ।




