सय मिटर फ्रिस्टायलमा गौरिकाको नाममा नेपालको राष्ट्रिय कीर्तिमान छ । उनले १३ औँ सागमा ५८.१३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । टोकियोमा आफ्नो टाइमिङ सुधार्ने गौरिकाको लक्ष्य छ ।

टोकियो ओलम्पिकमा मङ्गलबार नेपाली पूरुष खेलाडी एलेक्जान्डर शाहले सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाएका थिए । सय मिटर फिस्टायलको पहिलो हिट्समा प्रतिस्पर्धा गरेका उनले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पौडिएका थिए । तर उनी दोस्रो चरणमा भने पुग्न सकेनन्।

" /> पौडीमा आज गौरिकाले प्रतिस्पर्धा गर्दै - Sarbocha Media

पौडीमा आज गौरिकाले प्रतिस्पर्धा गर्दै

`

     २०७८ श्रावण १३ गते ७:४१

काठमाडौँ, १३ साउन । टोकियो ओलम्पिकअन्तर्गत आज दिउँसो ३ः४५ बजे पौडिवाज गौरिका सिंहले १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्दैछिन् । प्रतिस्पर्धामा ५२ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् र शीर्ष १६ स्थानमा रहने खेलाडी हिट चरणबाट दोस्रो चरणमा छनोट हुनेछन् ।

सय मिटर फ्रिस्टायलमा गौरिकाको नाममा नेपालको राष्ट्रिय कीर्तिमान छ । उनले १३ औँ सागमा ५८.१३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । टोकियोमा आफ्नो टाइमिङ सुधार्ने गौरिकाको लक्ष्य छ ।

टोकियो ओलम्पिकमा मङ्गलबार नेपाली पूरुष खेलाडी एलेक्जान्डर शाहले सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाएका थिए । सय मिटर फिस्टायलको पहिलो हिट्समा प्रतिस्पर्धा गरेका उनले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पौडिएका थिए । तर उनी दोस्रो चरणमा भने पुग्न सकेनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?