काठमाडौँ, ३ साउन । लियोनेल मेसीले कोपा अमेरिकाको उपाधि जिताएसंगै विश्वभर चर्चा भइरहेको बेला उनले अर्को नयाँ किर्तिमान बनाएका छन् ।
कोपा अमेरिकाको ट्रफीसँग खिचेको मेसीको तस्बीर सामाजिक सञ्जाल इन्स्टाग्राममा अहिलेसम्मकै सबै भन्दा बढी लाइक पाउने तस्वीर बनेको छ ।
इन्स्टाग्राम मेसीको सो तस्बीरले २ करोड लाइक पाएको छ । मेसीको इन्स्टाग्राम फ्रोफाइल विश्वमै सबैभन्दा बढी हेरिने प्रोफाइलमा पर्दछ ।
एक रिपोर्टका अनुसार मेसीले पोष्ट गरेको सो तस्बीर २४ घण्टामा २३२ मिलियनले हेरेका थिए ।
यसअघि इन्स्टाग्राममा सबैभन्दा बढी लाइक गरिएको तस्बीर क्रिस्टियानो रोनाल्डोको रहेको थियो । रोनाल्डोले २०२० को नोभेमब्र ५ मा अर्जेन्टिनाका लिजेण्ड म्यारोडोनालाई श्रद्धान्जली दिएको तस्बीरलाई एक करोड ९८ लाख जनाले लाइक गरेका थिए । रोनाल्डोको यो रेकर्डलाई मेसीले तोडेका छन् ।




