पेनाल्टी सुटआउटमा पुगेको फाइनल खेलमा उनले इंग्ल्यान्डका जाडोन साञ्चो र बुकायो साकाको पेनाल्टी रोकेका थिए। जससँगै इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गरेको थियो।

डोन्नरुम्माले प्रतियोगिताभर तीन क्लिनसिट राखेका थिए। प्रतियोगितामा स्पेनका मिडफिल्डर पेड्रीले उत्कृष्ट युवा खेलाडीको अवार्ड पाए।

१८ वर्षीया पेड्री प्रतियोगितामा उत्कृष्ट खेल देखाएका थिए। युरो अघि उनले स्पेनिस टिमबाट चार खेल मात्र खेलेका थिए।

यता पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल्डेन बुट पाए। उनले प्रतियोगिताभर पाँच गोल गरेका थिए। चेकका स्ट्राइकर प्याट्रिक सिकले पनि पाँच गोल गरेका थिए। यद्यपी रोनाल्डोले पाँच गोलसँगै एक एसिस्ट पनि गरेका थिए।

" /> रोनाल्डोलाई यूरो २०२० को गोल्डन बुट - Sarbocha Media

रोनाल्डोलाई यूरो २०२० को गोल्डन बुट

`

     २०७८ आषाढ २८ गते ५:५५

एजेन्सी, २८ असार । युरो २०२० को सर्वोत्कृष्ट खेलाडी इटालीका गोलकिपर जियानलुगी डोन्नरुम्मा घोषित भएका छन्।

इंग्ल्यान्डविरुद्धको फाइनल भिडन्तमा उत्कृष्ट प्रदर्शन गरेका डोन्नरुम्मा सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्।

पेनाल्टी सुटआउटमा पुगेको फाइनल खेलमा उनले इंग्ल्यान्डका जाडोन साञ्चो र बुकायो साकाको पेनाल्टी रोकेका थिए। जससँगै इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गरेको थियो।

डोन्नरुम्माले प्रतियोगिताभर तीन क्लिनसिट राखेका थिए। प्रतियोगितामा स्पेनका मिडफिल्डर पेड्रीले उत्कृष्ट युवा खेलाडीको अवार्ड पाए।

१८ वर्षीया पेड्री प्रतियोगितामा उत्कृष्ट खेल देखाएका थिए। युरो अघि उनले स्पेनिस टिमबाट चार खेल मात्र खेलेका थिए।

यता पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल्डेन बुट पाए। उनले प्रतियोगिताभर पाँच गोल गरेका थिए। चेकका स्ट्राइकर प्याट्रिक सिकले पनि पाँच गोल गरेका थिए। यद्यपी रोनाल्डोले पाँच गोलसँगै एक एसिस्ट पनि गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?