गत चैत्रमा सम्पन्न बंगलादेश, किर्गिस्तान र नेपालसहितको थ्री नेसन्स कपको विजेता नेपाली टोलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कृत गरेका हुन् ।

विजेता टोलीका २३ खेलाडी र ३ प्रशिक्षकलाई नगद पुरस्कारबाट सम्मानित गरिएको छ ।

नेपालले फाइनल खेलमा बंगलादेशलाई २(१ ले पराजित गर्दै उपाधि जितेको थियो ।

सरकारले नेपाली टिमका हरेक सदस्यलाई ४(४ लाख नगद पुरस्कार दिएको छ भने प्रशिक्षकलाई सरकारले नगद २ लाख रुपैयाँ प्रदान गरेको छ ।

थ्री नेसन्सको उपाधि जितेपछि बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४(४ लाख दिने निर्णय गरेको थियो ।

" /> थ्री नेसन्स कप विजेता नेपाली फुटबल टोली प्रधानमन्त्रीद्वारा पुरस्कृत - Sarbocha Media

थ्री नेसन्स कप विजेता नेपाली फुटबल टोली प्रधानमन्त्रीद्वारा पुरस्कृत

`

     २०७८ आषाढ २७ गते ११:००

काठमाडौँ , २७ अषाढ । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नगदसहित पुरस्कृत गरेका छन् ।

गत चैत्रमा सम्पन्न बंगलादेश, किर्गिस्तान र नेपालसहितको थ्री नेसन्स कपको विजेता नेपाली टोलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कृत गरेका हुन् ।

विजेता टोलीका २३ खेलाडी र ३ प्रशिक्षकलाई नगद पुरस्कारबाट सम्मानित गरिएको छ ।

नेपालले फाइनल खेलमा बंगलादेशलाई २(१ ले पराजित गर्दै उपाधि जितेको थियो ।

सरकारले नेपाली टिमका हरेक सदस्यलाई ४(४ लाख नगद पुरस्कार दिएको छ भने प्रशिक्षकलाई सरकारले नगद २ लाख रुपैयाँ प्रदान गरेको छ ।

थ्री नेसन्सको उपाधि जितेपछि बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४(४ लाख दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?