राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्नुअघि गरिएको कोरोना परीक्षणमा २० खेलाडी र अफिसियलमा कोरोना पोजेटिभ देखिएको हो । प्रवक्ता राईका अनुसार कोरोना देखिएका खेलाडी र अफिसियल होम आइसोलेसनमा रहेका छन् ।

कोरोना देखिएका कारण नै एन्फाले फुटबल टोलीको बन्द प्रशिक्षण एक साताका लागि धकेलिएको थियो ।

उनले भने, ‘ठूलो संख्यामा राष्ट्रिय टोलीको खेलाडी र अफिसियलमा कोरोना देखिएको छ । त्यसैले हामीले पुन परीक्षणका लागि पठाएका छौँ । त्यसको रिपोर्ट पनि चाँडै आउनेछ ।’

एन्फाले आज (बिहीबार) बाट टिममा बन्द प्रशिक्षण सुरु हुने बताएको थियो । अब टिमको बन्द प्रशिक्षण जुलाई ७ बाट सुरु हुने छ ।

" /> फुटबल टिमका २० जनालाई कोरोना सङ्क्रमण - Sarbocha Media

फुटबल टिमका २० जनालाई कोरोना सङ्क्रमण

`

     २०७८ आषाढ १७ गते ११:०४

काठमाडौँ, १७ असमर । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियल गरी २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबारदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण यही कारण स्थगित भएको छ ।

खेलाडी र अफिसियल गरि २० जनामा कोरोना देखिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले बताए ।

राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्नुअघि गरिएको कोरोना परीक्षणमा २० खेलाडी र अफिसियलमा कोरोना पोजेटिभ देखिएको हो । प्रवक्ता राईका अनुसार कोरोना देखिएका खेलाडी र अफिसियल होम आइसोलेसनमा रहेका छन् ।

कोरोना देखिएका कारण नै एन्फाले फुटबल टोलीको बन्द प्रशिक्षण एक साताका लागि धकेलिएको थियो ।

उनले भने, ‘ठूलो संख्यामा राष्ट्रिय टोलीको खेलाडी र अफिसियलमा कोरोना देखिएको छ । त्यसैले हामीले पुन परीक्षणका लागि पठाएका छौँ । त्यसको रिपोर्ट पनि चाँडै आउनेछ ।’

एन्फाले आज (बिहीबार) बाट टिममा बन्द प्रशिक्षण सुरु हुने बताएको थियो । अब टिमको बन्द प्रशिक्षण जुलाई ७ बाट सुरु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?