एजेन्सि, १५ असार । कोपा अमेरिकाको क्वाटर फाइनलको समीकरण पुरा भएसंंगै अन्तिम ८ को प्रतिस्पर्धीको टुङ्गो लागेको छ ।
समूह ‘ए’ अन्तर्गत आज भएको खेलमा लियोनल मेस्सीको २ गोल सहित अर्जेन्टिनाले बोलेभियालाइ ४—१ गोलले पराजित गदै समूहको शीर्ष स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गरेको छ , भने समूह ‘बि’ बाट ब्राजिल समूहको शीर्ष स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गरेको छ ।
समूह ‘ए’ बाट अर्जेन्टिना सँगै उरुग्वे, पाराग्वे र चिलेली पनि अन्तिम आठमा प्रवेश गरेको छ । उता समूह ‘बि’ बाट ब्राजिल,पेरु,कोलम्बिया र इक्वेडर अन्तिम आठमा पुगेको छ । अन्तिम आठको खेल २ जुलाई (असार १८) बाट हुँदै छ ।अन्तिम आठको खेल तालिका
अर्जेन्टिना : इक्वेडर
ब्राजिल : चिली
उरुग्वे : कोलम्बिया
पेरु : पाराग्वे




