बाँके, ३ जेठ। बाँकेमा जारी लकडाउन जेठ १० गतेसम्म लम्ब्याएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबार एक विज्ञप्ति जारी गर्दै सोमबार (जेठ ३ गते) राति १२ बजेसम्म जारी लकडाउनलाई जेठ १० गते राति १२ बजेसम्म लम्ब्याउने निर्णय भएको जानकारी दिएको छ ।
कोभिड–१९ को संक्रमण दरमा कमी नआइ परिस्थिति असहज बन्दै गइरहेकोले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारको व्यवस्थालाई अझ प्रभावकारी बनाउन जारी लकडाउन लम्ब्याएको विज्ञप्तिमा उल्लेख गरएको छ ।




