एजेन्सी, २३ वैशाख । युरोपेली च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा रियल म्याड्रिडलाई हराउँदै चेल्सीले फाइनल यात्रा तय गरेको छ ।
पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको चेल्सीले घरेलु मैदान स्ट्याम्फर्ड ब्रिजमा २–० को जीत निकाल्यो । उपाधिको भिडन्तमा चेल्सीले म्यानचेस्टर सिटीको सामना गर्नेछ ।
चेल्सीले यसअघि पहिलो लेगमा कीर्तिमान १३ पल्टको विजेता रियललाई १–१ को बराबरीमा रोकेको थियो ।
जर्मन खेलाडी वार्नरले २८ औँ मिनेटमा गोलको खाता खोले । मेसनले ८६ औं मिनेटमा दोस्रो गोल थपे ।




