कोभिड–१९ संक्रमण रोक्न सरकारले बिहीबारदेखि लागू हुने गरी दुई साताका लागि निषेधाज्ञा घोषणा गरेपछि प्रतियोगिताको निरन्तरताबारे अन्योल छाएको थियो ।

सदस्य सचिव सिलवालले भने, ‘जारी रहेको नेपाल सुपर लिगका खेल रोकिने छैनन् । हामीले सम्बद्ध निकायसँग स्वीकृति लिइसकेका छौं । आयोजकले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर खेल सञ्चालन गर्ने बताएको छ ।’

नेपालको पहिलो फ्रान्चाइज लिग नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानजमेन्टको आयोजनामा सञ्चालन भइरहेको छ । प्रतियोगिताको पहिलो चरण सोमबार सकिएको छ । मंगलबारबाट दोस्रो चरण सुरु हुँदै छ ।

" /> नेपाल सुपर लिगका खेल निषेधाज्ञामा पनि नरोकिने - Sarbocha Media

नेपाल सुपर लिगका खेल निषेधाज्ञामा पनि नरोकिने

`

     २०७८ वैशाख १४ गते ७:१७

काठमाडौँ, १४ वैशाख । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले निषेधाज्ञामा पनि नेपाल सुपर लिग (एनएसएल) नरोकिने बताएको छ ।

कोभिड–१९ संक्रमण रोक्न सरकारले बिहीबारदेखि लागू हुने गरी दुई साताका लागि निषेधाज्ञा घोषणा गरेपछि प्रतियोगिताको निरन्तरताबारे अन्योल छाएको थियो ।

सदस्य सचिव सिलवालले भने, ‘जारी रहेको नेपाल सुपर लिगका खेल रोकिने छैनन् । हामीले सम्बद्ध निकायसँग स्वीकृति लिइसकेका छौं । आयोजकले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर खेल सञ्चालन गर्ने बताएको छ ।’

नेपालको पहिलो फ्रान्चाइज लिग नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानजमेन्टको आयोजनामा सञ्चालन भइरहेको छ । प्रतियोगिताको पहिलो चरण सोमबार सकिएको छ । मंगलबारबाट दोस्रो चरण सुरु हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?