एजेन्सी, ८ वैशाक । बुधबार स्विट्जरल्याण्डको ज्युरिचमा आगामी जुलाई(अगष्टमा जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि फुटबलतर्फको पुरुष र महिला दुवैको ड्र सार्वजनिक गरेको छ।
यू–२३ टिमले खेल्ने ओलम्पिकमा पुरुषतर्फ १६ र महिलातर्फ १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा पुरुषतर्फ चार वर्षअघिको विजेता ब्राजिल र उपविजेता जर्मनी एकै समूहमा परेका छन् । समूह डी मा ब्राजिल र जर्मनीसँगै आइभरीकोष्ट र साउदी अरेबिया छन् ।
समूह ए मा आयोजक जापान, फ्रान्स, मेक्सिको र दक्षिण अफ्रिका छन् । समूह बी मा न्युजिल्याण्ड, दक्षिण कोरिया, होन्डुरस र रोमानिया परेका छन् भने समूह सी मा इजिप्ट, स्पेन, अर्जेन्टिना र अष्ट्रेलिया छन् ।
महिलातर्फ आयोजक जापान, क्यानडा, बेलायत र चिली समूह ए मा छन् । यस्तै समूह बी मा चीन, ब्राजिल, जाम्बिया र नेदरल्याण्ड्स तथा समूह सी मा स्वीडेन, अमेरिका, अष्ट्रेलिया र न्युजिल्याण्ड छन् ।
टोकियो ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म हुँदैछ । फुटबलका खेल भने दुई दिन अघि जुलाई २१ मै शुरु हुनेछ र अगष्ट ७ मा सकिनेछ ।
⚔️ The draw for the Men’s #OlympicFootball Tournament has thrown up some intriguing clashes!#Tokyo2020 pic.twitter.com/aWBvZJw3Zq
— FIFA.com (@FIFAcom) April 21, 2021




