काठमाडौँ, ३० चैत । इङ(ING) ग्रुप, इस्लिङ्टन कलेज र माइ सेकेन्ड टिचरले ‘नेपाली क्रिकेट टिम – २०२१’ को आफ्नै जर्सी सार्वजनिक गरेको छ।
राष्ट्रिय क्रिकेट टोली २०२१ को जर्सी रातो र निलो रगंमा जर्सी सार्वजनिक गरीएको हो । जर्सीको अगाडिको भागमा सगरमाथाको छाप राखि उक्त छापको माथि भागमा नेपाल लेखिएको जर्सी सार्वजनिक गरीएको हो। 
यी तीन वटै संस्थाले क्रिकेट टिमलाई आउन लागेको खेलहरूमा सफलता मिलोस् भनी एकसाथ कामना गरेका छन् ।
यसरी आयोजना हुने खेलहरूले नेपाली क्रिकेट खेललाई विकास गरेर उन्नत चरणमा पुर्याउने विश्वास गरिएको छ ।




