कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै एक सय २८ रन बनाएको थियो।

उसका लागि ओपनर काजल श्रेष्ठले ८ रन बनाउँदा कप्तान रुविना क्षेत्रीले २१ रन बनाइन्।

यस्तै रोमा थापाले अविजीत ६६ रन बनाउँने क्रममा ५७ बलमा १० चौका प्रहार गरिन्। यस्तै अप्सरीले २६ रन थपिन्।

बलिङमा सन्तोषी चौधरी र सरस्वती कुमारीले १/१ विकेट लिइन् ।

जवाफमा मेयर ११ ले २० ओभरमा सात विकेट गुमाउँदा एक सय १३ रन मात्र बनाउन सक्यो।

उसका लागि विन्दा कटवालले खाता खोल्न सकिनन् भने कञ्चन श्रेष्ठ चार रनमा आउट भइन्। यस्तै अस्मिता कर्माचार्यले पनि १२ रन मात्र बनाइन्।

मेयर ११ का लागि अनुराधा चौधरीले सर्वाधिक २८ रन बनाइन्। यस्तै सुमन खतिवडाले २७ रनको योगदान गरिन्। यस्तै कप्तान सरस्वती कुमारीले १७ रन थपे पनि टिमलाई हारबाट जोगाउन सकेनन् ।

बलिङमा प्रदेश एककी रुविना क्षेत्रीले तीन विकेट लिइन्। यस्तै शवनम राई र ज्योति दनुवारले १/१ विकेट लिइन्।

यसअघिनै प्रतियोगिताबाट बाहिरिएका दुबै टोलीक खेल आज प्रतिष्ठाका लागि मात्र थियो।

" /> ललितपुर मेयर कप क्रिकेटः अन्तिम खेलमा प्रदेश एकले ललितपुरलाई हरायो - Sarbocha Media

ललितपुर मेयर कप क्रिकेटः अन्तिम खेलमा प्रदेश एकले ललितपुरलाई हरायो

`

     २०७७ चैत्र २६ गते ८:२४

काठमाडौँ, २६ चैत । प्रदेश १ ले राजधानीमा जारी ललितपुर मेयर कप क्रिकेटमा सुखद अन्त्य गरेको छ।

लिगको अन्तिम खेलमा बिहिबार प्रदेश एकले मेयर ११ टिमलाई १५ रनले हराउँदै प्रतियोगिता सकेको हो।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै एक सय २८ रन बनाएको थियो।

उसका लागि ओपनर काजल श्रेष्ठले ८ रन बनाउँदा कप्तान रुविना क्षेत्रीले २१ रन बनाइन्।

यस्तै रोमा थापाले अविजीत ६६ रन बनाउँने क्रममा ५७ बलमा १० चौका प्रहार गरिन्। यस्तै अप्सरीले २६ रन थपिन्।

बलिङमा सन्तोषी चौधरी र सरस्वती कुमारीले १/१ विकेट लिइन् ।

जवाफमा मेयर ११ ले २० ओभरमा सात विकेट गुमाउँदा एक सय १३ रन मात्र बनाउन सक्यो।

उसका लागि विन्दा कटवालले खाता खोल्न सकिनन् भने कञ्चन श्रेष्ठ चार रनमा आउट भइन्। यस्तै अस्मिता कर्माचार्यले पनि १२ रन मात्र बनाइन्।

मेयर ११ का लागि अनुराधा चौधरीले सर्वाधिक २८ रन बनाइन्। यस्तै सुमन खतिवडाले २७ रनको योगदान गरिन्। यस्तै कप्तान सरस्वती कुमारीले १७ रन थपे पनि टिमलाई हारबाट जोगाउन सकेनन् ।

बलिङमा प्रदेश एककी रुविना क्षेत्रीले तीन विकेट लिइन्। यस्तै शवनम राई र ज्योति दनुवारले १/१ विकेट लिइन्।

यसअघिनै प्रतियोगिताबाट बाहिरिएका दुबै टोलीक खेल आज प्रतिष्ठाका लागि मात्र थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?