उनको नागरिकता नहुँदा समस्या भएको छ। श्रीमान्ले बनाइदिएनन्, माइतीले बिहे भइसकेको भनेर वास्ता गरेनन्। यो खबर आजको अन्नपूर्णपोस्टमा छ ।

" /> २५ वर्षीयाको न पति, न माइती, न नागरिकता, दुई छोरी पाल्न सकस - Sarbocha Media

२५ वर्षीयाको न पति, न माइती, न नागरिकता, दुई छोरी पाल्न सकस

`

     २०७७ चैत्र २६ गते २:१४

काठमाडौं, २६ चैत । ‘दुई छोरी मैले कसरी पालूँ ? कहाँ गएर बसूँ ? के खानु ? के लाउनु ? म त सहनै नसक्ने भइसकें।’

२५ वर्षीया एक युवतीले आफ्नो खपिनसक्नु पीडा यसरी सुनाइन्। आँखाबाट खस्नै लागेको आँसु माझी औंलाले पुछ्दै भक्कानिइन्। हातमा भएको कागजको फाइलभित्र अनुहार छोप्दै निकै बेर रोइन्।

उनी सम्पर्कविहीन भएका श्रीमान्को खोजीमा रहिछन्। त्यसकै लागि कहिले प्रहरी कार्यालय धाउँछिन् त कहिले अंश अधिकार कार्यान्वयन गरिपाऊँ भनेर अदालततिर भौंतारिन्छिन्।

उनको नागरिकता नहुँदा समस्या भएको छ। श्रीमान्ले बनाइदिएनन्, माइतीले बिहे भइसकेको भनेर वास्ता गरेनन्। यो खबर आजको अन्नपूर्णपोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?