विराटनगर महानगरपालिका–१४ स्थित सिंघीया खोलानजिक ट्याक्टरले किचेर सह–चालक २५ वर्षीय कामेश्वर कामतको ज्यान गएको हो ।

सडकमा गुडिरहेको को २ त २७३४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर सडकमा पल्टिदा घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

अचानक पल्टिएको ट्याक्टरले विराटनगर–१४ घर भएका सह–चालक कामतलाई किचेको थियो । उद्धार गर्न नपाउँदै उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका चालकको खोजी भइरहेको डीएसपी राईले जानकारी दिए ।

" /> विराटनगरमा ट्याक्टरले किचेर सह–चालकको मृत्यु - Sarbocha Media

विराटनगरमा ट्याक्टरले किचेर सह–चालकको मृत्यु

`

     २०७७ चैत्र २२ गते ५:५२

विराटनगर, २२ चैत । विराटनगरमा आइतबार बिहान ट्याक्टरले किचेर सह–चालकको घटनास्थलमै मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१४ स्थित सिंघीया खोलानजिक ट्याक्टरले किचेर सह–चालक २५ वर्षीय कामेश्वर कामतको ज्यान गएको हो ।

सडकमा गुडिरहेको को २ त २७३४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर सडकमा पल्टिदा घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

अचानक पल्टिएको ट्याक्टरले विराटनगर–१४ घर भएका सह–चालक कामतलाई किचेको थियो । उद्धार गर्न नपाउँदै उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका चालकको खोजी भइरहेको डीएसपी राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?