काठमाडौँ, २० चैत । सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही रु चार लाख दिने भएको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही रु ४÷४ लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका हुन्। नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो। उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो ।




