एजेन्सी, १९ चैत । विश्वकप २०२२ छनौट अन्तर्गतको खेलमा बिहीबार राती इंगल्यान्डले पोल्यान्डलाई २–१ले हरायो ।
इंगल्यान्डको जितमा ह्यारी केन र ह्यारी म्याग्वायरले एक-एक गोल गरे । पोलिस टिमका लागि ज्याकब मोडरले गोल फर्काए ।
खेलको सुरुवाती गोल इंगल्यान्डले गरीएको छ । टोटनहमका स्ट्राइकर केनले पेनाल्टीमा गोल गर्दै इंगल्यान्डलाई खेलमा अघि बढाए ।
योसँगै इंगल्यान्डको जर्सीमा केनले गरेको पेनाल्टी गोल संख्या १० पुगेको छ । केन इंगल्यान्ड राष्ट्रिय टोलीको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् ।
यसअघि यो कीर्तिमान फ्रान्क लाम्पार्डको नाममा थियो ।
त्यस्तै केनले इंगल्यान्डका लागि साताको सबैदिन गोल गर्ने कीर्तिमान पनि राखेका छन् । यसअघि त्यस्तो कीर्तिमान लाम्पार्ड र वायन रुनीको नाममा थियो ।
इङल्यान्डका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान भने वाइनी रुनीको नाममा छ । रुनीले ५३ गोल गरेका छन् । यस सूचीमा केनको नाम छैटौं स्थानमा छ । दोस्रो स्थानमा बब्बी चाल्र्टन, तेस्रो स्थानमा गेरी लिनेकर, चौथो स्थानमा जिम्मी ग्रिभ्स र पाँचौ स्थानमा माइकल ओवेन छन् ।




