मङ्गलवार एक विज्ञप्ति निकालेर एन्फाले त्रिदेशीय प्रतियोगितामा विजय हासिल गर्न सफल राष्ट्रिय टिमका खेलाडीलाई जनही १ लाख रुपैयाँ पुरस्कार स्वरुप वितरण गरिने जनाएको हो ।

सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एकले हराउँदै उपाधि जितेको हो । उपाधि जितेको नेपालले पुरस्कार स्वरुप पाँच हजार अमेरिकी डलर पनि प्राप्त गरेको छ ।

" /> त्रिदेशीय फुटबल कपको उपाधि जितेको राष्ट्रिय टिमका खेलाडीलाई एन्फाले जनही १ लाख दिने - Sarbocha Media

त्रिदेशीय फुटबल कपको उपाधि जितेको राष्ट्रिय टिमका खेलाडीलाई एन्फाले जनही १ लाख दिने

`

     २०७७ चैत्र १७ गते १२:००

काठमाडौँ, १७ चैत । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली राष्ट्रिय टिमका खेलाडीलाई जनही १ लाख रुपैयाँ दिने बताएको छ ।

मङ्गलवार एक विज्ञप्ति निकालेर एन्फाले त्रिदेशीय प्रतियोगितामा विजय हासिल गर्न सफल राष्ट्रिय टिमका खेलाडीलाई जनही १ लाख रुपैयाँ पुरस्कार स्वरुप वितरण गरिने जनाएको हो ।

सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एकले हराउँदै उपाधि जितेको हो । उपाधि जितेको नेपालले पुरस्कार स्वरुप पाँच हजार अमेरिकी डलर पनि प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?