फाइनलमा आज बंगलादेश र नेपाल भिड्दै छन्। फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

साँझ साढे पाँच बजेबाट सुरु हुने खेल हेर्न प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरु रंगशाला जाने छन्। ओलीको साथमा सुवास नेम्वाङ लगायतका नेता र केही मन्त्री पनि सहभागि हुने ओली निकट नेता तथा संसदीय दलका प्रमुख सचेतक भट्टराईले बताए।

यसअघिको खेलमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल खेल हेर्न रंगशाला पुगेका थिए।

" /> त्रिदेशीय कप फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने - Sarbocha Media

त्रिदेशीय कप फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

`

     २०७७ चैत्र १६ गते ६:२१

काठमाडौँ, १६ चैत । त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला जाने भएका छन्।

फाइनलमा आज बंगलादेश र नेपाल भिड्दै छन्। फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

साँझ साढे पाँच बजेबाट सुरु हुने खेल हेर्न प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरु रंगशाला जाने छन्। ओलीको साथमा सुवास नेम्वाङ लगायतका नेता र केही मन्त्री पनि सहभागि हुने ओली निकट नेता तथा संसदीय दलका प्रमुख सचेतक भट्टराईले बताए।

यसअघिको खेलमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल खेल हेर्न रंगशाला पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?