मकवानपुर, १२ चैत। मकवानपुरमा चौथो बाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता –२०७७ शुक्रबारदेखि हुने भएको छ ।
मकवानपुर, बाग्मती गाउँपालिकाको जनता माध्यमिक विद्यालयको मैदानमा हुने गोल्डकपको उद्घाटन खेल आयोजक, वाग्मती खेलकूद विकास समिति र नवजनजागृति युवा क्लब सिमराबीच हुने भएको छ ।
गोल्डकपमा थ्रीस्टार क्लब, मकवानपुर–११, एपिएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, वाग्मती युवा क्लब सर्लाही, बिर्तामोड युनाइटेड र अफ्रिकन रुट् एशोसिएशन क्यामरुन गरी आठ टोली सहभागी हुने आयोजकले जानकारी दिए ।
खेलको विजेताले रू ८ लाख र उपविजेताले रू ४ लाख प्राप्त गर्ने बताएको छ ।




