जिल्लामा ब्याडमिन्टनको अहिलेसम्मको सबैभन्दा ठुलो भनिएको प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई रु २० हजार, रु १५ हजार र रु १० हजारसहित पुरस्कार प्रदान गर्ने भएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बहादुर सिंह लामाले प्रतियोगिता उद्घाटन गर्दै प्रतियोगिताले खेलप्रति जिल्लावासीमा थप रुचि पैदा गर्ने बताए ।

विदुर नगरपालिकाका प्रमुख मञ्जु पण्डितले खेलकुद र खेल संरचनामा नगरपालिका र प्रदेश सरकारले लगानी गरिरहेको जानकारी दिए । आयोजक जिससका प्रमुख सन्तमान तामाङले प्रतियोगिताबाट जिल्लामा ब्याडमिन्टनप्रतिको आकर्षण बढ्ने बताए ।

" /> नुवाकोटमा प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन सुरु - Sarbocha Media

नुवाकोटमा प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन सुरु

`

     २०७७ चैत्र ११ गते १२:३९

नुवाकोट, ११ चैत । जिल्ला समन्वय समितिका आयोजनामा ‘प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन प्रतियोगिता’ बट्टास्थित कभर्ड हलमा आजदेखि सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ४६ टोलीका ९२ खेलाडी सहभागी छन् । प्रतियोगितामा रसुवा जिल्लाको पनि ६ टोलीका १२ खेलाडी सहभागी भएका छन् ।

जिल्लामा ब्याडमिन्टनको अहिलेसम्मको सबैभन्दा ठुलो भनिएको प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई रु २० हजार, रु १५ हजार र रु १० हजारसहित पुरस्कार प्रदान गर्ने भएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बहादुर सिंह लामाले प्रतियोगिता उद्घाटन गर्दै प्रतियोगिताले खेलप्रति जिल्लावासीमा थप रुचि पैदा गर्ने बताए ।

विदुर नगरपालिकाका प्रमुख मञ्जु पण्डितले खेलकुद र खेल संरचनामा नगरपालिका र प्रदेश सरकारले लगानी गरिरहेको जानकारी दिए । आयोजक जिससका प्रमुख सन्तमान तामाङले प्रतियोगिताबाट जिल्लामा ब्याडमिन्टनप्रतिको आकर्षण बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?