भारतमा मात्र नभई विश्वका अन्य देशमा पनि पछिल्लो सातादेखि कोरोना संक्रमण पुनः उकालो लागेको छ । अमेरिकामा कोभिड भ्याक्सिनविरुद्ध तीनवटा खोप (फाइजर, मोडर्ना र जोनसोन एन्ड जोनसोन) खोप लगाउने क्रम जारी छ । कोभिडविरुद्धको खोपपछि संक्रमण नियन्त्रणमा आशा थियो । अमेरिकारले गत डिसेम्बर ११ फाइजर र १४ मा मोडर्ना खोप सुरुवात गरेको थियो । यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> भारतमा संक्रमण उच्च, सीमामा सतर्कता न्यून - Sarbocha Media

भारतमा संक्रमण उच्च, सीमामा सतर्कता न्यून

`

     २०७७ चैत्र ११ गते १:०५

काठमाडौं,११ चैत । भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएकाले नेपाल फेरि झस्किएको छ । भारतमा महाराष्ट्र, गुजरात, राजस्थान, पन्जाब र केरलामा संक्रमण उच्च गतिमा बढेको छ । दिल्ली सरकारले होलीका कार्यक्रममा प्रतिबन्ध लगाएको छ भने राजस्थानमा रात्रिकालीन कफ्र्यु लागू गरिएको छ ।

भारतमा मंगलबार मात्रै ४७ हजार ३९ नयाँ संक्रमित भेटिएका छन् । यो साढे चार महिनायताकै उच्च हो । सोमबार यो संख्या ४० हजार र आइतबार ४७ हजार नौ थियो । यसरी पछिल्ला दिनमा कोरोना संक्रमण उच्च भएको छ । जब कि जनवरी, फेब्रुअरीमा यो संख्या १० हजारभन्दा तल झरेको थियो ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट दुई सय ७५ जनाको मृत्यु भएको छ । मृत्यु पनि तीन महिनाकै उच्च हो । सोमबार एक सय ९७ र आइतबार दुई सय १३ जनाको मृत्यु भएको थियो । मृतकको संख्या पनि विगत महिनामा सयभन्दा तल झरेको थियो ।

भारतमा मात्र नभई विश्वका अन्य देशमा पनि पछिल्लो सातादेखि कोरोना संक्रमण पुनः उकालो लागेको छ । अमेरिकामा कोभिड भ्याक्सिनविरुद्ध तीनवटा खोप (फाइजर, मोडर्ना र जोनसोन एन्ड जोनसोन) खोप लगाउने क्रम जारी छ । कोभिडविरुद्धको खोपपछि संक्रमण नियन्त्रणमा आशा थियो । अमेरिकारले गत डिसेम्बर ११ फाइजर र १४ मा मोडर्ना खोप सुरुवात गरेको थियो । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?