काठमाडौं, १० चैत । एमाले अध्यक्ष केपी ओली समूहले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई तीन दिनभित्र लिखित जवाफ पठाउन र नपठाए कारबाही गर्ने चेतावनीसहितको स्पष्टीकरणपत्र पठाएको छ । चार नेताले भने ओलीसँग स्पष्टीकरण सोध्ने वैधानिक अधिकार नभएको प्रतिक्रिया दिएका छन् ।
घनश्याम भुसाललाई चार, अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको प्रश्न जोडेर भीम रावल र सुरेन्द्र पाण्डेलाई पाँच–पाँच र समूह नेताको हैसियतमा माधव नेपालसँग १० प्रश्न सोधिएको छ
१. तपाईंले साबिक नेकपाको वरिष्ठ नेताको जिम्मेवारीमा रहँदाको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा १९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोप तयार गर्न, पार्टी विधानको व्यवस्थाविपरीत छापामार शैलीमा तत्कालीन पार्टी सचिवालयमा प्रस्तुत गर्न र त्यसलाई पार्टीको नाम, झन्डा र लोगोसमेतको अनधिकृत रूपमा प्रयोग गरी पुस्तकाकारमा प्रकाशित गरेर वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियारसमेत भई पार्टी हितविपरीत कार्य गरेको र गराउनुपर्नाको कारण के हो रु
२. नेकपाको विधानविपरीत सडक तथा अनधिकृत स्थानमा बसी अनधिकृत र कानुनविपरीत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र साधारण सदस्यसमेतबाट के–कुन आधारमा सडकबाटै कथित निष्कासनको निर्णय गर्नु–गराउनुभएको हो रु
३. निर्वाचन आयोगमा पार्टी विधान र हितविपरीत पटक–पटक तपाईं र तपाईंसमेत भई विभिन्न प्रकारका निवेदनहरू के–कति कारणले गर्नु–गराउनुभएको हो र?
४. पार्टी फुटाउने उद्देश्यले पार्टीको नाम, चिह्न र झन्डासमेत कुनै एउटा समूह वा गुटले मात्र प्रयोग गर्ने गराउने उद्देश्यका साथ विभिन्न कथित निवेदन लिई निर्वाचन आयोगमा पटक–पटक किन जानुभएको हो रु र, पार्टी फुटाउँदा के–कुन उद्देश्य हासिल हुने हो र?
५.पार्टी अध्यक्ष र महासचिवद्वारा ०७७ चैत ३ गते गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा गरी पार्टीको नाम, चिह्न र झन्डाको दुरुपयोग गरी मिति ०७७ चैत ४ र ५ गते कथित राष्ट्रिय भेला गरेको, विभिन्न अन्य भेलाहरू निरन्तर गरिरहेको, विभिन्न पार्टी कमिटी तथा भ्रातृ संगठनहरूको भेला गरी अनधिकृत रूपले विभिन्न कार्य गरी–गराई पार्टी फुटाउन नेतृत्व र अगुवाइ किन गर्नुभएको हो र?

६. केपी ओलीले नेतृत्व गरेको लोकप्रिय सरकारका विरुद्ध संसद्, सञ्चारमाध्यम र सडकबाट निरन्तर विरोध गरेको र आफ्नै सरकारका विरुद्ध आफ्नो दलका नेता एवं प्रधानमन्त्रीलाई थाहै नदिई छापामार शैलीमा अविश्वासको प्रस्ताव तयार गरेको, प्रतिनिधिसभाका कतिपय माननीय सदस्यहरूलाई भ्रम तथा प्रलोभनमा पारी हस्ताक्षर गराएको र कतिपय माननीय सदस्यहरूको फर्जी हस्ताक्षरसमेत गरी मिति ०७७ पुस ५ गते संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयास गरेकोजस्तो गर्नै नहुने अत्यन्तै हानिकारक र अनुशासनहीन काम किन गर्नुभयो ? यो खबर आजको नयाँपत्रिकामा छ।




