सन्तान,रोजगारी,शिक्षा, व्यपार,व्यवसाय, वैदेशिक रोजगारी र राजनीतिमा सफलता प्राप्तिका लागि भाकल लिएर मालिका दर्शन गर्न भक्तजन आउने मालिका देवि मन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताउनुभयो । पछिल्लो समय सडक,पदमार्ग,धर्मशाला र मन्दिरको पूर्वाधार विकास गरिएकाले भक्तजनहरुको संख्यामा वृद्धि हुनथालेको उहाँले बताउनुभयो । पहाडको टुप्पोमा रहेकाले खानेपानीको समस्या भएको उहाँले बताउनुभयो । धेरै भक्तजन मनोकामना पूरा भएर दोस्रो पटक पनि दर्शन गर्न आउने गरेको उहाँले बताउनुभयो ।

बागलुङ,पर्वत,पोखरा,काठमाण्डौं, चितवन लगायतका जिल्लाहरुबाट भक्तजनहरु आउने गरेको उहाँले बताउनुभयो । मनोकामना पूरा भएकाले दोस्रो पटक मालिका देवीको दर्शनमा आएको बेनीबाट पुग्नुभएकी सुमित्रा थजालीले बताउनुभयो । यो खबर गोरखापत्रमा छ ।

" /> पर्यटकको आँखामा अध्यात्मिक तथा प्रकृतिले सजिएको मालिका धुरी - Sarbocha Media

पर्यटकको आँखामा अध्यात्मिक तथा प्रकृतिले सजिएको मालिका धुरी

`

     २०७७ चैत्र ०१ गते १२:२९

बेनी, १ चैत । पहाडको टुप्पोमा मालिका मन्दिर अनि आँखै अगाडि लहरै देखिने हिमश्रृङ्खला । यो तीनहजार ३५० मिटरको उचाईमा रहेको मालिका र रघुगंगा गाउँपालिकाको सीमानामा पर्ने धार्मिक स्थल मालिका धुरी हो ।

मालिका धुरीबाट धौलागिरी,चुरेन,गुर्जा,अन्नपूर्ण निलगिरि,माछापुच्छ«े लगायत दर्जनौ हिमालहरु नजिकबाट दृश्यावलोकन गर्न सकिन्छ । हिमशृङ्खलाको नजिकबाट दृश्यावलोकन गर्न सकिने मालिका रमणीय स्थल हो ।

धार्मिक पर्यटकीय स्थल मात्र होइन प्राकृतिक हिसाबले पनि मालिका धुरीको राम्रो संभावना छ । मालिकाधुरीमा त्रिदेवीहरू मालिका, कालिका र जालिकाको बास छ । त्रिदेवीको दर्शनले मनोकामना पूरा हुने विश्वास छ । त्यसैले वैशाख पूर्णिमा, जेष्ठी पूर्णिमा र भाइटीकाका बेला मालिका धुरीमा ठूलो संख्यामा भक्तजन पुग्ने गर्दछन् ।

सन्तान,रोजगारी,शिक्षा, व्यपार,व्यवसाय, वैदेशिक रोजगारी र राजनीतिमा सफलता प्राप्तिका लागि भाकल लिएर मालिका दर्शन गर्न भक्तजन आउने मालिका देवि मन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताउनुभयो । पछिल्लो समय सडक,पदमार्ग,धर्मशाला र मन्दिरको पूर्वाधार विकास गरिएकाले भक्तजनहरुको संख्यामा वृद्धि हुनथालेको उहाँले बताउनुभयो । पहाडको टुप्पोमा रहेकाले खानेपानीको समस्या भएको उहाँले बताउनुभयो । धेरै भक्तजन मनोकामना पूरा भएर दोस्रो पटक पनि दर्शन गर्न आउने गरेको उहाँले बताउनुभयो ।

बागलुङ,पर्वत,पोखरा,काठमाण्डौं, चितवन लगायतका जिल्लाहरुबाट भक्तजनहरु आउने गरेको उहाँले बताउनुभयो । मनोकामना पूरा भएकाले दोस्रो पटक मालिका देवीको दर्शनमा आएको बेनीबाट पुग्नुभएकी सुमित्रा थजालीले बताउनुभयो । यो खबर गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?