आठ वर्षको उमेरदेखि नै अभिभावकविहीन बनेकी उनलाई आफन्तको साथसमेत मिलेन। भोक लाग्दा चिनजानकासँग मागेर खानु उनको बाध्यता बन्यो। उनी माघमा काम खोज्दै सुनसरीको इटहरी आउँदा ४९ वर्षीय रोहित कार्कीसँग भेट भयो। कार्की इटहरीमा सार्वजनिक यातायातलाई यात्रु खोजिदिने, त्यसबापत कमिसन लिने काम गर्थे। यो खबर आजको अन्नपूर्णपोस्टमा छ ।

" /> एक किसोरीलाई कामको प्रलोभन दिँदै डेरामा लगेर केही दिन बलात्कार गरेपछि... - Sarbocha Media

एक किसोरीलाई कामको प्रलोभन दिँदै डेरामा लगेर केही दिन बलात्कार गरेपछि…

`

     २०७७ फाल्गुन १६ गते १:५८

विराटनगर, १६ फागुन । आमा–बाबु दुवै अर्काअर्कैसँग बिहे गरेर हिँडे। अलपत्र छोरी गुजाराको संघर्षमा थिइन्। कामको प्रलोभन दिँदै एक जनाले डेरामा लगे। बन्धक बनाएर केही दिन बलात्कार गरे। मुस्किलले फुत्किएकी १५ वर्षीया बालिका चिनेजानेकाको शरणमा पुगिन्। तिनकै सहयोगले आरोपित समातिए।

आरोपितले बलात्कार स्विकारिसके। बालिका प्रहरी संरक्षणमा छिन्। तर, एउटा कानुनी जटिलता आएको छ– आँखैअगाडिको बलात्कारीबारे किटानी जाहेरी कसले दिने ? आफन्त को छन्, कहाँ छन् ? पीडितलाई थाहा छैन। स्वयं उनका लागि उजुरी दिन कानुनले रोक्छ। किनकि, उनको उमेर पुगेकै छैन।

बालिकामाथि बलात्कार हुन सक्छ। तर, कानुनले तिनलाई स्वयं उजुरी गर्न रोक्दो रहेछ। पीडित मात्र होइन, प्रहरी पनि यही जटिलताले रनभुल्लमा छ। मोरङको उर्लाबारी–५ घर बताउने बालिकालाई बुवा–आमा कहाँ छन् भन्ने पत्तो छैन। आमाबुवा दुवै जनाले अर्कै बिहे गरेको भन्ने सुनेकी छन्।

आठ वर्षको उमेरदेखि नै अभिभावकविहीन बनेकी उनलाई आफन्तको साथसमेत मिलेन। भोक लाग्दा चिनजानकासँग मागेर खानु उनको बाध्यता बन्यो। उनी माघमा काम खोज्दै सुनसरीको इटहरी आउँदा ४९ वर्षीय रोहित कार्कीसँग भेट भयो। कार्की इटहरीमा सार्वजनिक यातायातलाई यात्रु खोजिदिने, त्यसबापत कमिसन लिने काम गर्थे। यो खबर आजको अन्नपूर्णपोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?