काठमाडौं, १३ फागुन। कोरोना विरुद्वको खोप नेपाल आए सँगै खोप लगाउने सर्वसाधारणदेखि फ्रन्टलाइनमा बसेर काम गर्ने सबैको आकर्षण बढेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोनाको खोप लगाउने मानिसहरु दैनिक रुपमा बढ्दै गएका छन् । सुरुको समयमा खोप लगाउन आउनेको संख्या कम भए पनि अहिले मानिसहरुको संख्या बढिरहेको अस्पतालको भनाई छ ।
खोप लगाउँदा सामान्य दुखाई मात्र हुने र अन्य खोप लगाउदा जस्तै अनुभव भएको खोप लगाएकाहरुको अनुभव छ । नेपाल सरकारले छोटो समयमै कोरोना विरुद्वको खोप उपलव्ध गराएकोमा आफूहरु भाग्यमानी भएको उहाँहरुको भनाई छ । खोप लगाउदा कुनै शंका र हल्लाको पछि नलागी खोप लगाउन सर्वसाधारणलाई टेकुमा खोप लगाएकाहरुको सुझाव छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा। शेरबहादुर पुन कोरोना खोप लगाउँदा कुनै शंका गर्न आवश्यक नभएको बताउनुहुन्छ ।नेपालमा लगाउन सुरु भएको खोप भारतमा पनि लगाइएको र उक्त खोपले सामान्य बाहेक अरु कुनै असर नगरेको र मृत्यु पनि नदेखिएकोले ठुक्क भएर खोप लगाउन उहाँको सुझाव छ । यो खबर आजको गोरखापत्रमा छ ।




