वाणिज्य विभागका कर्मचारीले चमेनागृहका मालिकलाई १० हजार रूपैयाँ जरिमाना गराएका छन्। साथै भान्साघरमा सरसफाइ गर्न विभागका कर्मचारीले सो चमेनागृहका मालिकलाई सचेत गराएको विभागले जनाएको छ। यो खबर नागरिक दैनिकमा छ ।

" /> सिंहदरबारभित्रै अस्वस्थ खानेकुरा ! - Sarbocha Media

सिंहदरबारभित्रै अस्वस्थ खानेकुरा !

`

     २०७७ फाल्गुन ११ गते २:१७

काठमाडौँ, ११ फाल्गुन । प्रशासनिक केन्द्र सिंहदरबारभित्रकै क्यान्टिनमा बनाइएको खाना अस्वस्थकर भेटिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि गुण नियन्त्रण विभागले गरेको छड्के अनुगमनमा सिंहदरबारभित्रको क्यान्टिनले बनाएको खाना अस्वस्थकर भएको पाइएको छ।

विभागका कर्मचारीले सिंहदरबारभित्रका चारवटा क्यान्टिनमा अनुगमन गरेका थिए। अनुगमनको क्रममा अस्वस्थ तथा म्याद सकिएको खानासमेत वितरण गर्ने गरेको पाइयो। विभागका महानिर्देशक नेत्र सुुवेदीले सिंहदरबारभित्रका चारवटा क्यान्टिनमा गरिएको अनुगमनमा कैफियत देखिएको बताए। सरसफाइमा ध्यान नदिएको, प्रमाणीकरण नभएको नापतौल यन्त्र प्रयोग गरिएको, म्याद सकिएको खाना खुवाउने गरेको जस्ता अनियमितता देखिएको सुवेदीले बताए। ‘अनुगमनको क्रममा सिंहदरबारभित्रका क्यान्टिनमा बनाइएको खाना अस्वस्थ देखियो। हामीले फेरि पनि सचेत गराएका छौं,’ सुवेदीले भने।

अनुगमनको क्रममा सिंहदरबारको केन्द्रीय चमेनागृह कञ्चन चमेनागृहको भान्साघर फोहोर देखिएको विभागले जनाएको छ। अनुगमनमा गएका विभागका कर्मचारीलाई केन्द्रबलश्रचमेनागृहका कर्मचारीले असहयोग गरेको विभागले जनाएको छ। विभागले मागेका कागजात केन्द्रीय चमेनागृहका कर्मचारीले देखाएका थिएनन्।

वाणिज्य विभागका कर्मचारीले चमेनागृहका मालिकलाई १० हजार रूपैयाँ जरिमाना गराएका छन्। साथै भान्साघरमा सरसफाइ गर्न विभागका कर्मचारीले सो चमेनागृहका मालिकलाई सचेत गराएको विभागले जनाएको छ। यो खबर नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?