काठमाडौं, १० फागुन । २०७४–७५ मा १ हजार ६ सय ७४ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भए । तीमध्ये १ हजार २ सय ९० वटा चिनेजानेकै व्यक्ति संलग्न भएको प्रहरी तथ्यांकले देखाउँछ । ३ सय ८४ वटा चिनजानबाहिरका व्यक्ति संलग्न देखिए ।
२०७५–७६ मा २ हजार ५ सय ७० वटा घटना भए । तीमध्ये २ हजार ७३ वटा चिनेजानेकै र ५ सय ३२ वटा चिनजानबाहिरका व्यक्तिको संलग्नता भेटियो । २०७६–७७ मा २ हजार ४ सय ४९ वटा बलात्कारका घटना भए । प्रहरी केन्द्रीय प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार १ हजार ९ सय ५२ वटा चिनेजानेकै व्यक्ति संलग्न भएको पाइयो ।
२०७७–७८ मा १ हजार ४ सय २७ वटा घटना प्र्हरीमा दर्ता भएका छन् । यी घटना पनि चिनेजानेकै व्यक्ति बढी संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरी प्रवक्ता कुँवरका अनुसार तथ्यांक हेर्दा १ हजार १ सय ४३ घटनामा चिनेजाने कै र २ सय ८४ वटामा चिनजान नभएका व्यक्ति संलग्न देखिएका छन् ।

हाडनाताभित्र पर्ने हजुरबुबा, बुबारझड्केलो बुबा, ससुरा, काका, मामा, ठूलोबुवा, ठूलोबुवाका छोरा, मामाका छोरा, देवर, जेठाजु, श्रीमान्, भदासम्म बलात्कारमा संलग्न रहेको देखिन्छ। त्यसैगरी घरमालिक, केटासाथी, छिमेकी, भिनाजु, शिक्षक पनि संलग्न देखिन्छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।




