गाउँमा बस्न नसकेपछि हेमकुमारी कार्की छोरो लिएर माइत इटहरी आइन्। माइतीको संरक्षणमा बसेकी हेमकुमारीले दुःख गरेर तीन धुर जग्गा जोडिन्। त्यहीँ सानो घर बनाइन्। छोरोलाई पढाउने र पालनपोषण गर्ने काममा उनी लागिपरिन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

" /> नागरिकता पाउन पाँच वर्ष संघर्ष - Sarbocha Media

नागरिकता पाउन पाँच वर्ष संघर्ष

`

     २०७७ फाल्गुन ०९ गते १:४९

इटहरी, ९ फागुन । इटहरी–४ का २१ वर्षीय कुशल खड्काले पाँच वर्षको संघर्षपछि यो साता वंशजको नागरिकता पाएका छन्। कुशलको नागरिकता बन्दा उनकी मावली हजुरआमा ८० वर्षीया दुर्गामाया कार्कीमा खुसीको सीमा छैन। भनिन्, ‘भगवान्ले मेरो प्रार्थना सुनिदिए।’

दुर्गामाया छोरीले कमाइदिएको घर नातिका नाममा नामसारी हुनेमा ढुक्क छिन्। अनि, नातिले काम पाएर कमाइ गर्ने भनेर उत्तिकै खुसी छिन्। त्यसपछि उनको चासो रहेछ, ‘काम पाएपछि बिहे गर्छ, उसको परिवार पनि बस्छ नि ! ’

कुशल ०५६ सालमा मोरङको सुनवर्षी नगरपालिकामा जन्मिएका हुन्। उनी जन्मेको दुई वर्षपछि बुवा कुबेरबहादुर खड्का बेपत्ता भए। खेतमा काम गर्दै गरेका बेला केही मानिसले लगेको भन्ने कुशलले सुनेका थिए। ‘त्यसपछि न उहाँको सास भेटियो न त लास नै’, कुशलले भने, ‘बुवाको अनुहार नै राम्रो सम्झना छैन।’

बेपत्ता हुँदासम्म कुबेरको नागरिकता परिवारका कसैले देखेनन्। सोधखोज पनि भएन। न त त्यसपछि उनीपट्टिका कोही आफन्त नै भेटिए।

गाउँमा बस्न नसकेपछि हेमकुमारी कार्की छोरो लिएर माइत इटहरी आइन्। माइतीको संरक्षणमा बसेकी हेमकुमारीले दुःख गरेर तीन धुर जग्गा जोडिन्। त्यहीँ सानो घर बनाइन्। छोरोलाई पढाउने र पालनपोषण गर्ने काममा उनी लागिपरिन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?