खेलको ६९औँ मिनेटमा पुलिसका गोलकिपर उषा नाथसँग ठोक्किँएपछि उनी घाइते हुँदै मैदानबाट बाहिरीएकि थिइन्। उनको खुट्टामा चोट लागेको छ। एमआरआई रिपोर्ट आएपछि मात्रै कति समय मैदानबाहिर बस्ने भन्ने बारेमा थाहा हुने एपिएफका मुख्य प्रशिक्षक भगवती थापाले जानकारी दिइन्। हरेकजसो खेलमा गोल गर्दै आएकि भण्डारीले सोमबार भने गोल गर्न सकिन्न। उनले हालसम्म १० खेलमा ४३ गोल गरेकि छिन्।

महिला लिगमा हालसम्म कुनै पनि खेलाडीको यही नै उत्कृष्ट खेल प्रदर्शन हो। एपिएफले हालसम्म शतप्रतिशत नतिजा निकाल्दै १० खेलमा ३० अङ्क जोडेको छ। एपिएफ लिगको शीर्ष स्थानमा रहँदै उपाधि नजिक पुगेको छ। अब एक खेल जितेमा उपाधि जित्ने देखिन्छ। त्रिभुवन आर्मी क्लबले १० खेलबाट २५ अङ्क जोडेको छ। आर्मी लिगको दोस्रो स्थानमा छ।

एपिएफले अब बुधबार विराटनगरसँग प्रतिस्पर्धा गर्ने छ। सोमबारको खेलमा एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको थियो।

" /> एपिएफकी सावित्राले महिला लिगको बाँकी खेल गुमाउने - Sarbocha Media

एपिएफकी सावित्राले महिला लिगको बाँकी खेल गुमाउने

`

     २०७७ फाल्गुन ०४ गते ७:३०

काठमाडौँ, ४ फगुन । खेलका क्रममा घाइते भएकी विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले बाँकी खेल गुमाउने भएकि छिन्।

एपिएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पुर्‍याउन भूमिका निर्वाह गरेकी भण्डारी सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी थिइन्।

खेलको ६९औँ मिनेटमा पुलिसका गोलकिपर उषा नाथसँग ठोक्किँएपछि उनी घाइते हुँदै मैदानबाट बाहिरीएकि थिइन्। उनको खुट्टामा चोट लागेको छ। एमआरआई रिपोर्ट आएपछि मात्रै कति समय मैदानबाहिर बस्ने भन्ने बारेमा थाहा हुने एपिएफका मुख्य प्रशिक्षक भगवती थापाले जानकारी दिइन्। हरेकजसो खेलमा गोल गर्दै आएकि भण्डारीले सोमबार भने गोल गर्न सकिन्न। उनले हालसम्म १० खेलमा ४३ गोल गरेकि छिन्।

महिला लिगमा हालसम्म कुनै पनि खेलाडीको यही नै उत्कृष्ट खेल प्रदर्शन हो। एपिएफले हालसम्म शतप्रतिशत नतिजा निकाल्दै १० खेलमा ३० अङ्क जोडेको छ। एपिएफ लिगको शीर्ष स्थानमा रहँदै उपाधि नजिक पुगेको छ। अब एक खेल जितेमा उपाधि जित्ने देखिन्छ। त्रिभुवन आर्मी क्लबले १० खेलबाट २५ अङ्क जोडेको छ। आर्मी लिगको दोस्रो स्थानमा छ।

एपिएफले अब बुधबार विराटनगरसँग प्रतिस्पर्धा गर्ने छ। सोमबारको खेलमा एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?