लिगमा दुई चरणको खेल बाँकी छँदा एपीएफ दोस्रो स्थानमा रहेको आर्मी भन्दा पाँच अंकले अगाडि छ । आर्मी आफ्नो खेलमा पुलिसविरुद्ध पराजित रहे अथवा बराबरी खेले पनि उपाधि एपीएफको हुने भएको छ ।

एपीएफको १० खेलबाट अधिकतम् ३० अंक भएको छ र टिम लगातार जितको क्रममा छ । आर्मीको २५ अंक छ । पुलिस भने १४ अंकसहित चौथो स्थानमा छ ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको रोमाञ्चक खेलमा एपीएफका लागि रबिना गोलेले एक गोल गरिन् भने अर्को गोल आत्मघाती रह्यो । पुलिसका तर्फबाट अमृत जैसीले गोल गरिन् ।

" /> एपीएफ महिला फुटबल लिगको उपाधि नजिक - Sarbocha Media

एपीएफ महिला फुटबल लिगको उपाधि नजिक

`

     २०७७ फाल्गुन ०३ गते १०:४७

काठमाडौँ, ३ फागुन । एपीएफ महिला राष्ट्रिय फुटबल लिगको उपाधि नजिक पुगेको छ । लिग उपाधिको उपलब्धी आत्मसात् गर्नबाट एपीएफ अब एक जित मात्र टाढा छ र यसका लागि उसले सोमबारको खेलमा पुलिसलाई २–१ ले हरायो ।

लिगमा दुई चरणको खेल बाँकी छँदा एपीएफ दोस्रो स्थानमा रहेको आर्मी भन्दा पाँच अंकले अगाडि छ । आर्मी आफ्नो खेलमा पुलिसविरुद्ध पराजित रहे अथवा बराबरी खेले पनि उपाधि एपीएफको हुने भएको छ ।

एपीएफको १० खेलबाट अधिकतम् ३० अंक भएको छ र टिम लगातार जितको क्रममा छ । आर्मीको २५ अंक छ । पुलिस भने १४ अंकसहित चौथो स्थानमा छ ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको रोमाञ्चक खेलमा एपीएफका लागि रबिना गोलेले एक गोल गरिन् भने अर्को गोल आत्मघाती रह्यो । पुलिसका तर्फबाट अमृत जैसीले गोल गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?