‘पेस भएको फोन–संवादको अडियोमा भएको आवाज प्रतिवादीकै हो भन्ने देखिएको अवस्थामा जाहेरवालीसँग यौनसम्पर्क नराखेको भए त्यसरी माफी मागी बोल्नुपर्ने कुनै कारण देखिँदैन । यसबाट पेस भएको म्यासेन्जर कुराकानी पनि जाहेरवाली र प्रतिवादीबीच नै भएका रहेछन् भनी सहज ढंगबाट अनुमान गर्न सकिने भई निजहरूबीच वारदात भनिएको राति यौनसम्पर्क भएको तथ्य स्थापित भएको पाइयो,’ फैसलामा छ । यो खबर नयाँपत्रिकामा छ ।

" /> अदालतको पूर्ण फैसला :‘सिद्धबाबाले बलात्कार गरेका होइनन्, महिलाले शरीर समर्पण गरेकी हुन्’ - Sarbocha Media

अदालतको पूर्ण फैसला :‘सिद्धबाबाले बलात्कार गरेका होइनन्, महिलाले शरीर समर्पण गरेकी हुन्’

`

     २०७७ फाल्गुन ०१ गते १:३७

काठमाडौं, १ फागुन । आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सुनसरी चतरानिवासी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको मुद्दाको अनौठो फैसलाको पूणपाठ तयार भएको छ । न्यायाधीश अर्जुनप्रसाद कोइरालाले सिद्धबाबा र अनुयायीबीच सहमतिमै सम्बन्ध राखेकाले बलात्कार हुन नसक्ने भन्दै सफाइ दिने फैसला गरेका छन् ।

फैसलाको पूर्णपाठमा जाहेरवाली महिलाले नै सिद्धबाबासँग मोहित भएर आफ्नो शरीर समर्पण गरेको उल्लेख छ । बिहीबार तयार भएको पूर्णपाठमा सहमतिमा भएको करणीलाई जबर्जस्ती करणी भन्न नमिल्ने उल्लेख छ ।

फैसलामा भनिएको छ, ‘ तसर्थ माथि विवेचना गरिएका आधार एवं कारणहरूबाट जाहेरवालीको शारीरिक परीक्षणबाट निजउपर जबर्जस्ती करणी भएको नदेखिएको, जाहेरवाली शारीरिक र मानसिक रूपमा स्वस्थ भई आफूले गरेको कार्यको असर र परिणाम बुझ्न सक्ने हैसियतमा छिन् भन्ने कुरा प्रतिवादीलाई पठाइएका म्यासेजबाट देखिएको तथा माथि विवेचना गरिएअनुसार निज स्वयंले नै आफूले प्रयोग गरेको मोबाइलबाट लामो समयदेखि विभिन्न समयमा विद्युतीय माध्यमको प्रयोग गरी प्रतिवादीलाई आशक्तिपूर्ण र अनुनयजन्य सन्देशहरू प्रवाह गरी भेटघाटको मौका उपलब्ध गराउन गरेको अनुनयअनुरूप जाहेरवालीलाई भेटेको समयमा जाहेरवाली प्रतिवादीसँग मोहित भई आफ्नो शरीर समर्पण गरी भएको करणीलाई जबर्जस्ती करणी भन्न नसकिने हुँदा प्रतिवादीउपरको अभियोगदाबी स्थापित हुन आएन ।’

सिद्धबाबाले पठाएको म्यासेज पीडितका श्रीमान्ले देखेपछि उनीहरूबीच विवाद भएको र त्यसपछि मात्र उजुरी परेकाले पनि सम्बन्ध सहमतिमा भएको न्यायाधीश कोइरालाको ठहर छ । बयानमा सिद्धबाबाले आफू आगो र स्त्री स्पर्श नगर्ने त्रिदण्डी सिद्धबाबा भएकाले सहमतिमा सम्बन्ध राखेको कुरासमेत अस्वीकार गरेका थिए । तर, उनले पठाएका म्यासेजबाट भने सम्बन्ध राखेको पुष्टि हुने फैसलामा उल्लेख छ ।

‘पेस भएको फोन–संवादको अडियोमा भएको आवाज प्रतिवादीकै हो भन्ने देखिएको अवस्थामा जाहेरवालीसँग यौनसम्पर्क नराखेको भए त्यसरी माफी मागी बोल्नुपर्ने कुनै कारण देखिँदैन । यसबाट पेस भएको म्यासेन्जर कुराकानी पनि जाहेरवाली र प्रतिवादीबीच नै भएका रहेछन् भनी सहज ढंगबाट अनुमान गर्न सकिने भई निजहरूबीच वारदात भनिएको राति यौनसम्पर्क भएको तथ्य स्थापित भएको पाइयो,’ फैसलामा छ । यो खबर नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?