फागुन, १ पोखरा । यतिबेला फेवातालको पानी एक मिटर घटेको र पानीले ओगटेका ठूलो भुभाग जमिनमा परिणत भएको छ । फेवताल बाँध मर्मतका लागि पानी भित्र डुबेर काम गर्नुपर्ने भएकोले पानी सुकाइएको हो । यहि अवसर पारेर फेवतालको छेउमा थुप्रिएको ढुङगा,माटो लगायत फोहोर सफा गर्नुपर्ने माग ङुङ्गा व्यवसायी तथा विभिन्न संघसंस्था स्थानीय,पर्यटन व्यवसायीले गरेका छन् ।
फेवा डुङगा व्यवसायी सगठनका अध्यक्ष बुद्धिबहादुर नेपाली फेवा ताल सौन्दर्यका लागि फोहोर सफा गर्नुपर्ने बताउनुहुन्छ । वडा र महानगरले सहयोग गरेमा यहि मौका छापेर हामी सफा गर्ने सोच बनाएका छौं, महानगर वा वडाले सहयोग गर्छ कि भनेर पर्खेका छांै, यदि गरेन् भने पनि समितिबाट हामी जति सक्छौं गर्छौ, उहाँले भन्नुभयो ।

५५ वर्षदेखि फेवा ताललाई नियाल्दै आएका नेपालीले फेवा तालको पानी पहिला पिउन योग्य रहेको बताउनुहुन्छ । “हामीले यहि पानी पिउँथ्यौं, अहिले हातमा लिन नसकिने फोहोर छ, बस्ती बढ्यो, ढलनल मिसाइयो, फोहोर सबै तालमा आउँछ,।” ताल पुरिएकोमा गुनासो गर्दै नेपालीले पानी सुकाइएको अवस्थामा सफा गर्ने पहल गरिएको जानकारी दिनुभयो ।
छ महिनासम्म कोरोनाका कारण ठप्प बनेको पर्यटन व्यबसायले केहि गति लिन थालेको अवस्थामा ताल सुकाए पनि मर्मतका लागि सहज भएकोले कुनै गुनासो नरहेको उहाँ बताउनुहुुन्छ । ुुयतिका दिन त बस्यौं, अहिले ताल संरक्षणका लागि नै हो, एक डेढ महिना केहि होइन्ुु उहाँले भन्नुभयो । नेपालीका अनुसार फेवतालमा अहिले आठवटा डुङ्गा घाट छन् । यो खबर गोरखापत्रमा छ ।




