विश्वविद्यालयका शिक्षाध्यक्ष शिवप्रसाद भुसालले स्नातक तहको शैक्षिक सत्र फागुनमा र स्नातकोत्तर तहको वैशाखमा सुरु हुने निर्णय भएको बताए । यो समाचार नागरिक दैंनिकमा छ ।

" /> त्रिविको शैक्षिक सत्र तीन महिना धकेलियो - Sarbocha Media

त्रिविको शैक्षिक सत्र तीन महिना धकेलियो

`

     २०७७ माघ २४ गते १:५७

काठमाडौं, २४ माघ । कोभिडका त्रासका कारण शैक्षिक क्षेत्रमा नकारात्मक असर परेको छ । त्रिभुवन विश्वविद्यालयले गत वर्षकै परीक्षा सम्पन्न गरिसकेको छैन ।

यस्तो अवस्थाकै कारण विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको शैक्षिक सत्र तीन महिनापछाडि सार्ने निर्णय गरेको छ ।

विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको शैक्षिक सत्र तीन महिनापछाडि सार्ने निर्णय गरेको छ ।

विश्वविद्यालयका विभिन्न संकायका डिनहरुको माघ पहिलो साता बसेको संयुत्त वैठकको निर्णयअनुसार नयाँ शैक्षिक सत्र सार्वजनिक गरेको हो ।

विश्वविद्यालयका शिक्षाध्यक्ष शिवप्रसाद भुसालले स्नातक तहको शैक्षिक सत्र फागुनमा र स्नातकोत्तर तहको वैशाखमा सुरु हुने निर्णय भएको बताए । यो समाचार नागरिक दैंनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?