काठमाडौं,१८ माघ । कुरिन्टार विपदव्यवस्थापन तालिम केन्द्र यो वर्ष उत्कृष्ट तालिम केन्द्रको रुपमा पुरस्कृत भएको छ । सशस्त्र प्रहरी वलका ११ वटा तालिम केन्द्रहरू मध्ये कुरिन्टार अघिल्लो वर्ष र यो वर्ष गरी दुई पटक उत्कृष्ट भएको हो । विपद व्यवस्थापन अभ्यासका लागि दक्षिण एसियाकै नमूना तालिम केन्द्रका रुपमा गणना हुने गरेको छ ।
करीव १८ विगाह १६ कठ्ठा क्षेत्रफलमा फैलिएको यो तालिम केन्द्रले २०५८ सालदेखि छ किसिमको विपद् सम्वन्धी आधारभूत र एडभान्स गरी दुई किसिमको प्रशिक्षण दिँदै आएको छ । गोता खोर उत्पादनका लागि सशस्त्र प्रहरी दक्षिण एसियामा नै अब्बल देखिएको छ ।
त्यस्तैं, मेडिकल फष्ट रेस्पन्स (एमएफआर), कोल्याप्स स्टक्चर सर्च एण्ड रेस्क्यू (सीएसएसआर), जल उद्धार (वाटर रेस्क्यू ), खोच, ईनार र खोल्सामा खसेकाहरूको उद्धार (रोप रेस्क्यू), अग्नी नियन्त्रण फायर फाइटीङ र अन्य गरी एक महिने एडभान्स तालिम सञ्चालन हुदै आएको छ ।

यो तालिममा महिनामा एकसय जना र आधारभूत तालिम अन्तरगत ७० दिने अभ्यासका क्रममा करीव एकहजार पाँचसय जनशक्ति उत्पादन भइसकेको केन्द्रका प्रमुख कालीदास धौवजीले बताउनुभयो । सशस्त्र प्रहरी वलले विपदव्यवस्थापन सम्वन्धी आधारभूत तालिम सशस्त्र प्रहरी कर्मचारीका लागि अनिवार्य गरेको छ । यो खबर गोरखापत्रमा छ ।




