यस अस्पताललाई कोरोनाविरुद्धको खोपका लागि जिम्मेवारी प्राप्त भएकोमा उत्साहित छौंँ । तीन हजार खोप प्राप्त भएको छ । पहिलो पटक सरकारले स्वास्थ्यकर्मी, सफाइकर्मी, अस्पतालमा कार्यरत तथा कोरोना महामारीमा पहिलो पङ्क्तिमा काम गर्नेलाई प्राथमिकतामा राखेको छ । अब छिट्टै सबै नागरिकका लागि खोप ल्याउने सरकारी प्रतिबद्धताअनुसार सबै नेपालीले कोरोनाविरुद्धको खोप लगाउन पाउनेमा ढुक्क होऔंँ । यो खबर आजको गोरखापत्रमा छ ।

" /> सुरुमै खोप लगाउन पाउँदाको खुसी - Sarbocha Media

सुरुमै खोप लगाउन पाउँदाको खुसी

`

     २०७७ माघ १८ गते १२:४६

काठमाडौं, १८ माघ । कोरोना भाइरसको महामारी सुरु भएको ठीक एक वर्षपछि नेपालमा कोरोनाविरुद्धको खोप सुरु गर्दा त्यसले खुसियाली छाएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, अग्रपङ्क्तिमा खटिएका व्यक्तिलाई बुधबारबाट खोप लगाउन प्रारम्भ गरिएको छ । बुधबार नौ हजार ८४ जना, बिहीबार २८ हजार ७३२ जना र शुक्रबार ४६ हजार १९७ जनाले खोप लगाएका छन् ।

कोरोनाको खोप यति छिटो नेपालमा सुरु होला भनेर कसैलाई पत्यार थिएन तर खोप सेवा प्रारम्भ भएपछि यसप्रतिको विश्वास बढेको छ । साथै खोप लगाउन पाएकोमा स्वास्थ्यकर्मी खुसी देखिएका छन् । विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सरसफाइकर्मी तथा एम्बुलेन्स चालकले यस महामारीबाट बच्ने अन्तिम उपाय भनेको नै खोप भएको प्रतिक्रिया दिएका छन् ।

यस अस्पताललाई कोरोनाविरुद्धको खोपका लागि जिम्मेवारी प्राप्त भएकोमा उत्साहित छौंँ । तीन हजार खोप प्राप्त भएको छ । पहिलो पटक सरकारले स्वास्थ्यकर्मी, सफाइकर्मी, अस्पतालमा कार्यरत तथा कोरोना महामारीमा पहिलो पङ्क्तिमा काम गर्नेलाई प्राथमिकतामा राखेको छ । अब छिट्टै सबै नागरिकका लागि खोप ल्याउने सरकारी प्रतिबद्धताअनुसार सबै नेपालीले कोरोनाविरुद्धको खोप लगाउन पाउनेमा ढुक्क होऔंँ । यो खबर आजको गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?