प्रस्तावित योजनामा अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वाथ्य केन्द्र र प्रसूति सेवा केन्द्र, विद्यालयअन्तर्गत सामुदायिक विद्यालय, विद्यालयको छात्रावास भवन, स्थानीय तहभित्रका बस्ती, विद्यालय, स्वास्थ्य चौकी र बजार केन्द्र जोड्ने सडक, कृषि तथा सिँचाइतर्फ सौर्य ऊर्जा, लिफ्टिङ, सिँचाइ लगायतका भौतिक संरचना निर्माण हुँदैछन् । यो खबर आजको गारखापत्रमा छ ।

" /> सुरु हुँदै पूर्वाधार विकास कार्यक्रम - Sarbocha Media

सुरु हुँदै पूर्वाधार विकास कार्यक्रम

`

     २०७७ माघ ०५ गते १:१५

काठमाडौं, ५ माघ । उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रम चालू आर्थिक वर्षमा मात्रै सञ्चालनमा आउने भएको छ । चीन सरकारको सहयोगमा गत आर्थिक वर्षमा सञ्चालन हुने भनिएको यो कार्यक्रममा दुई अर्ब रुपियाँ लगानी गरिने छ ।

मानव विकास सूचकाङ्कमा तुलनात्मक रूपमा पछाडि परेका वर्ग र समुदायलाई सार्वजनिक सेवाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले नेपालको चीनसँग सीमा जोडिएका उच्च पहाडी १५ जिल्लाका १२६ स्थानीय तहमा सञ्चालन हुने कार्यक्रम कोरोना भाइरस (कोभिड–१९)का कारण गत आर्थिक वर्षमा सञ्चालन हुन सकेको थिएन । सरकारले गत आर्थिक वर्षकै बजेटमा उक्त कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो ।

गत वर्ष सञ्चालन हुन नसकेपछि चीन सरकारले चालू आर्थिक वर्षमा सोही कार्यक्रमलाई निरन्तरता दिन लागेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालले जनाएको छ । मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले चालू आर्थिक वर्षमा चीन सरकारकै आग्रहमा १५ जिल्लाका स्थानीय तह छनोट गरी चीन सरकारलाई प्रस्ताव पठाइएको जानकारी दिनुभयो ।

सम्बद्ध तीनवटा क्लस्टरमा विभाजन गरी १५ जिल्लाभित्रका पूर्वी, मध्य र पश्चिम क्षेत्रका कम्तीमा एउटा स्थानीय तहमा एउटा योजना सञ्चालन गर्नेगरी योजना छनोटको प्रस्ताव गरिएको छ । उहाँले भन्नुभयो, “चीन सरकारकै आग्रहमा यस वर्ष सञ्चालन गर्न सकिने योजनालाई मात्र प्राथमिकतामा राखेर चीन सरकारलाई पठाइएको छ । ती योजना चीन सरकारले निर्माण गरी नेपालका सम्बन्धित स्थानीय तहलाई योजना हस्तान्तरण हुनेछ ।”

प्रस्तावित योजनामा अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वाथ्य केन्द्र र प्रसूति सेवा केन्द्र, विद्यालयअन्तर्गत सामुदायिक विद्यालय, विद्यालयको छात्रावास भवन, स्थानीय तहभित्रका बस्ती, विद्यालय, स्वास्थ्य चौकी र बजार केन्द्र जोड्ने सडक, कृषि तथा सिँचाइतर्फ सौर्य ऊर्जा, लिफ्टिङ, सिँचाइ लगायतका भौतिक संरचना निर्माण हुँदैछन् । यो खबर आजको गारखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?