पेनाल्टीमा बार्सिलोना ३-२ ले विजयी भयो । निर्धारित समयमा फ्रेंकी डे जोङले ३९औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर ५१औं मिनेटमा सोसिडाडका मिकेल ओयाबायलले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे ।

पेनाल्टी सुटआउटमा फ्रेंकी गोल गर्न असफल भए तर गोलकिपर मार्क टेर स्टेगनले दुई पेनाल्टी बचाएपछि बार्सिलोना विजयी भयो ।

बार्सिलोनाका लागि मिरालेम प्यानिच, ओसमान डेम्बेले र रिकार्ड पुइगले गोल गरे । डे जोङ र एन्टोनी ग्रीजमन गोल गर्न चुके ।

साथै सोसिडाडका मिकेल मेरिनो र एडनान जानुजाईले मात्र गोल गरे । सुपर कपको दोस्रो सेमिफाइनलमा साविक विजेता रियल मड्रिडले एथ्लेटिको विल्वाओसँग खेल्नेछ ।

चार टिम समावेश प्रतियोगिता सुपर कपको फाइल आइतबार हुनेछ ।

" /> सोसिडाडलाई पेनाल्टीमा पछि पार्दै बर्सा स्पेनिस सुपर कपको फाइनलमा - Sarbocha Media

सोसिडाडलाई पेनाल्टीमा पछि पार्दै बर्सा स्पेनिस सुपर कपको फाइनलमा

`

     २०७७ माघ ०१ गते ३:४९

एजेन्सी, १ माघ। रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै बार्सिलोना स्पानिस सुपर कपको फाइनलमा प्रवेशमा गरेको छ ।

निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेटको समयमा खेल १-१ को बराबरी भएपछि खेलको नतिजा पेनाल्टीबाट भएको थियो ।

पेनाल्टीमा बार्सिलोना ३-२ ले विजयी भयो । निर्धारित समयमा फ्रेंकी डे जोङले ३९औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर ५१औं मिनेटमा सोसिडाडका मिकेल ओयाबायलले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे ।

पेनाल्टी सुटआउटमा फ्रेंकी गोल गर्न असफल भए तर गोलकिपर मार्क टेर स्टेगनले दुई पेनाल्टी बचाएपछि बार्सिलोना विजयी भयो ।

बार्सिलोनाका लागि मिरालेम प्यानिच, ओसमान डेम्बेले र रिकार्ड पुइगले गोल गरे । डे जोङ र एन्टोनी ग्रीजमन गोल गर्न चुके ।

साथै सोसिडाडका मिकेल मेरिनो र एडनान जानुजाईले मात्र गोल गरे । सुपर कपको दोस्रो सेमिफाइनलमा साविक विजेता रियल मड्रिडले एथ्लेटिको विल्वाओसँग खेल्नेछ ।

चार टिम समावेश प्रतियोगिता सुपर कपको फाइल आइतबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?