गत वर्ष बंगलादेशमा आयोजना भएको प्रथम एभिसी महिला सिनयर सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जित्दै ऐतिहासिक उपलब्धी हासिल गरेको महिला टिमले नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा ऐतिहासिक रजत जितेको थियो । महिला भलिबल टिमले सागमा पहिलो पटक रजत जितेको थियो ।

सेन्ट्रल जोनमा नेपालले खेलेको कुनै पनि खेल नहारी उपाधि जितेको हो । नेपालले ६ खेल खेल्दा कुनै सेट समेत गुमाएको थिएन । सेन्ट्रल जोनमा नेपालका ६ खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

पहिलो पटक फाइनल पुग्दै इतिहास कायम गरेको नेपाल सागमा स्वर्ण नजिक पुगेपनि अन्त्यमा भारतसँग पराजित भएको थियो । निकै रोमाञ्चक फाइनलमा नेपालले भारतलाई कडा टक्कर दिएको थियो । तर प्रतिस्पर्धात्मक खेलमा नेपाल ३-२ सेटमा पराजित भयो ।

१३औं सागमा थप दुई नयाँ खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरे । समग्रमा वर्ष २०७६ मा ८ महिला खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

" /> पल्सर स्पाेर्टस अवार्ड : महिला भलिबल टिम वर्षको उत्कृष्ट घोषित - Sarbocha Media

पल्सर स्पाेर्टस अवार्ड : महिला भलिबल टिम वर्षको उत्कृष्ट घोषित

`

     २०७७ पौष २८ गते १२:५४

काठमाडौं, २८ पुष । नेपाली राष्ट्रिय महिला भलिबल टिम वर्ष २०७६ को उत्कृष्ट टिम घोषित भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा महिला भलिबल टिमले टिम अफ दि इयरको अवार्ड जितेको हो ।

गत वर्ष महिला भलिबलमा नेपालले ऐतिहासिक सफलता हात पारेको थियो । दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा एउटामा उपाधि जितेको भलिबल टिम अर्कोमा दोस्रो भएको थियो ।

गत वर्ष बंगलादेशमा आयोजना भएको प्रथम एभिसी महिला सिनयर सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जित्दै ऐतिहासिक उपलब्धी हासिल गरेको महिला टिमले नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा ऐतिहासिक रजत जितेको थियो । महिला भलिबल टिमले सागमा पहिलो पटक रजत जितेको थियो ।

सेन्ट्रल जोनमा नेपालले खेलेको कुनै पनि खेल नहारी उपाधि जितेको हो । नेपालले ६ खेल खेल्दा कुनै सेट समेत गुमाएको थिएन । सेन्ट्रल जोनमा नेपालका ६ खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

पहिलो पटक फाइनल पुग्दै इतिहास कायम गरेको नेपाल सागमा स्वर्ण नजिक पुगेपनि अन्त्यमा भारतसँग पराजित भएको थियो । निकै रोमाञ्चक फाइनलमा नेपालले भारतलाई कडा टक्कर दिएको थियो । तर प्रतिस्पर्धात्मक खेलमा नेपाल ३-२ सेटमा पराजित भयो ।

१३औं सागमा थप दुई नयाँ खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरे । समग्रमा वर्ष २०७६ मा ८ महिला खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?