विगत साढे तीन महिनादेखि नेपालमा राम्ररी पानी परेको छैन । मौसमी चक्रअनुसार कहिले पश्चिमी र कहिले दक्षिणी वायुको प्रभाव बढी पर्ने गरेकाले कहिले हिउँदमा निकै चिसो र कहिले न्यानो हुने गर्छ । यसो हुनुमा जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम बढ्नु एउटा कारक तìव रहेको डा। श्रेष्ठ सुनाउनुहुन्छ । उहाँका अनुसार हरेक १० वर्षमा नेपालको तापक्रम ०।५ डिग्री सेन्टिग्रेड बढ्दै गएको छ । चिसा र लामा रातको चक्र घट्दै गएको छ । यो खबर गोरखापत्रमा छ ।

" /> दक्षिणी वायुको प्रभाव : नेपालमा यस वर्ष हिउँदमा तातो महसुस - Sarbocha Media

दक्षिणी वायुको प्रभाव : नेपालमा यस वर्ष हिउँदमा तातो महसुस

`

     २०७७ पौष २८ गते १२:३३

काठमाडौँ, २८ पुस । नेपालमा यस वर्ष हिउँदमा तातो महसुस हुनुमा दक्षिणी वायुको प्रभाव बलियो रहनु नै मुख्य कारक मानिएको छ ।

जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ मौसम वैज्ञानिक डा। मदनलाल श्रेष्ठले मौसमी प्रवृत्तिअनुसार यतिबेला पश्चिमी वायुको प्रभाव नेपालमा बढ्नुपर्ने हो तर त्यसको विपरीत दक्षिणी वायु नै नेपालको पश्चिमी बाटो हुँदै भित्रिइरहेको छ ।

“त्यसको असर तल्लो र माथिल्लो वायुमण्डलमा अधिक परेकै कारण यस वर्षको हिउँदमा न्यानो महसुस गरिएको हो,” उहाँले भन्नुभयो । उहाँले भन्नुभए जस्तै अघिल्ला वर्षका पुस महिनामा चिसो सिरेटोले हान्थ्यो तर अहिले माघ लाग्ने बेला हुँदासमेत रातको समयमा बाहेक अधिकांश क्षेत्रमा न्यानो महसुस गरिएको छ । काठमाडौँँ लगायतका जिल्लामा घाम लागेर दिउँसो गर्मी हुन थालेको छ । हिमपात र वर्षा निकै कम भइरहेको छ ।

विगत साढे तीन महिनादेखि नेपालमा राम्ररी पानी परेको छैन । मौसमी चक्रअनुसार कहिले पश्चिमी र कहिले दक्षिणी वायुको प्रभाव बढी पर्ने गरेकाले कहिले हिउँदमा निकै चिसो र कहिले न्यानो हुने गर्छ । यसो हुनुमा जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम बढ्नु एउटा कारक तìव रहेको डा। श्रेष्ठ सुनाउनुहुन्छ । उहाँका अनुसार हरेक १० वर्षमा नेपालको तापक्रम ०।५ डिग्री सेन्टिग्रेड बढ्दै गएको छ । चिसा र लामा रातको चक्र घट्दै गएको छ । यो खबर गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?