त्यसयता दुवै पक्षले एक–अर्कालाई वर्ग दुस्मनको व्यवहार गर्न थालेका छन्। दुवै खेमाले राजनीतिक शक्ति प्रदर्शन एवं गालीगलौजलाई तीव्रता दिएका छन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

" /> खण्डित नेकपा, दण्डित भविष्य - Sarbocha Media

खण्डित नेकपा, दण्डित भविष्य

`

     २०७७ पौष २७ गते २:४०

काठमाडौं, २७ पुस । झगडा गरिरहने ‘यिनीहरू यस्तै हुन्’ भन्दाभन्दै नेकपा प्याट्टै फुट्यो। फुट्छ, फुट्दैन हुँदाहुँदै चिरा–चिरा भयो। कारण कुनै सैद्धान्तिक थिएन। राष्ट्रहित वा जनसरोकारका मुद्दामा विमति थिएन।

मतभेद थियो त– कुर्सी र पदको। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई एकीकृत दलको शक्तिशाली अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा तुरुन्तै चाहिएको थियो। वरिष्ठ नेता माधवकुमार नेपाल पनि समकक्षता खोजिरहेका थिए– उधारो होइन, हाताहाती। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली न पार्टीमा एक इन्च तल झर्न चाहन्थे, न सरकार छाड्नै राजी थिए।

संगठित बनेको इतर पक्षका लागि ओलीलाई हटाउन घोक्र्याउनुको विकल्प थिएन। जब त्यो बाटो अपनाउन खोजियो, ओलीले अप्रत्यासित निर्णय लिए– प्रतिनिधिसभा विघटन। केही महिनायता चरक्कै चर्किएको नेकपा त्यही बिन्दुबाट दुई चिरामा विभक्त भयो।

त्यसयता दुवै पक्षले एक–अर्कालाई वर्ग दुस्मनको व्यवहार गर्न थालेका छन्। दुवै खेमाले राजनीतिक शक्ति प्रदर्शन एवं गालीगलौजलाई तीव्रता दिएका छन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?