वितृष्णा बोकेर विदेश

`

     २०७७ पौष २६ गते १:०९

धनगढी, २६ पुस । २७ वर्षीय पञ्चकुमार डीसी भारतको बैंगलोर जान पत्नी रजनपुरा रोकाया डीसीको हात समातेर कैलालीको गौरीफन्टा सीमानाकामा लाम लागेका थिए। कर्णाली प्रदेशको कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–२ का डीसीको अनुहार मलिन थियो। उनी पहिलो पटक काम खोज्दै भारत जान लागेका रहेछन् ।

‘मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको स्थानीय तह र मेरो तह जोडिएका छन्। म उहाँको छिमेकी हो’, डीसीले भने, ‘तर, कुनै फरक अनुभूति भएन। उहाँले निर्वाचनका बेला गर्नुभएका वाचा सबैले बिर्सिसक्नुभयो।’

डीसी गाउँमा मेलमिलाप सहजकर्ता हुन्। तर, त्यो जागिर सकिएपछि, उनी बेरोजगार भएर भारततिर हिँडेका हुन्। ‘भएको सानो रोजगारी पनि सकियो’, उनले भने, ‘अब श्रीमती लगेर दुवै जना काम गर्ने भनेर भारत जान लागेको।’ यो खबर आजको अन्नपूर्णपोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?