रामजीवनले धरौटीमा छाडिएकाहरू गाउँमा खुलेआम डुलिरहेको बताए। ‘न्यायका लागि प्रहरी र अदालतमा धाउँदा–धाउँदा पैताला खिइसक्यो’, उनले भने, ‘सात जनाउपर किटानीजाहेरी दिएको थिएँ। तीन जना मात्रै जेलमा छन्। चार जनालाई अदालतले धरौटीमा छाडेको छ। धरौटीमा छुटेकाहरू अहिले मुद्दा अगाडि बढाइस् भने बमले उडाइदिने धम्की दिइरहेका छन्।’ यो खबर आजको अन्नपूर्णपोस्टमा छ ।

" /> अवैध उत्खनन रोक्न खोज्दा दिलीप मारिएको एक वर्ष पूरा, अझै भक्कानिन्छिन् आमा - Sarbocha Media

अवैध उत्खनन रोक्न खोज्दा दिलीप मारिएको एक वर्ष पूरा, अझै भक्कानिन्छिन् आमा

`

     २०७७ पौष २५ गते १:३०

काठमाडौं, २५ पुस । जनकपुरधाम स् खोलामा भइरहेको अवैध उत्खनन रोक्न खोज्दा २४ वर्षीय दिलीप महतो मारिएको एक वर्ष पूरा भएको छ। आमा चन्द्रकलादेवी छोरो सम्झिएर अझै भक्कानिन्छिन्।

‘चौबीसै घण्टा मन भइरहन्छ कि खोलामा गएको मेरो छोरो कति खेर फर्केर घर आउँछ’, चन्द्रकलाले अन्नपूर्ण पोस्ट्सित भनिन्, ‘फूलजस्तो बेटालाई दुस्मनहरूले पेचकसले घोचेर घाइते बनाई टिपरले किचेर ज्यान लिए। मेरो छोरोलाई पापीहरूले हात लगायो भनेर थाहा पाएको भए आधी प्राणमा पनि बचाएर ल्याउँथें।’

धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलीप भनिने ओमप्रकाशको गत वर्ष २५ पुसमा क्रसरका माफियाले ज्यान लिएका थिए। त्यसमा चुरियामाई बालुवा प्रशोधन उद्योग श्रीपुरका क्रसरधनी विपिन महतोको समूहको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको थियो।

घटनाको दिन बिहानै घरनजिकै औरही खोलामा क्रसर डनले अवैध रूपमा बालुवा–ढुंगा निकालिरहेका थिए। टिपर र लोडर चलेको आवाज सुनेर दिलीप त्यसलाई रोक्न साथी रोशन यादवसँग खोलामा गएका थिए। रोक्ने क्रममा क्रसरधनी विपिनसँग विवाद भयो। त्यसपछि विपिनको समूहको संलग्नतामा दिलीप मारिएको जनाइएको थियो। त्यसपछि प्रदेश २ सरकारले पुस २८ गते प्रदेशका सबै क्रसर बन्द गरायो।

न्याय मागेका दिलीपको परिवारलाई प्रदेश सरकारले राहतस्वरूप ५ लाखको चेक थमायो। किटानी जाहेरी परेका केही आरोपितलाई अदालतले धरौटीमा छाड्यो। उनीहरू गाउँमा खुलेआम रहेकाले पीडित परिवार त्रासमा छ। ‘न्यायको आस गरेका हामीलाई थप अघि बढे बमले उडाइदिने धम्की आइरहेको छ’, दिलीपका बुवा रामजीवनले भने।

धनुषा जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले यो मुद्दामा २९ माघ ०७६ मा आदेश गरेको थियो। उक्त आदेशपछि क्रसरधनी विपिन, उनका क्रसरमा काम गर्ने लोडर चालक महोत्तरीको बर्दिबास–१२ बिजलपुरास्थित चल्की टोलका जितेन्द्रकुमार महतो र बर्दिबास–९ पशुपतिनगरका टिपर चालक मुनिन्द्र महतो सिन्धुली करागारमा छन्।

रामजीवनले धरौटीमा छाडिएकाहरू गाउँमा खुलेआम डुलिरहेको बताए। ‘न्यायका लागि प्रहरी र अदालतमा धाउँदा–धाउँदा पैताला खिइसक्यो’, उनले भने, ‘सात जनाउपर किटानीजाहेरी दिएको थिएँ। तीन जना मात्रै जेलमा छन्। चार जनालाई अदालतले धरौटीमा छाडेको छ। धरौटीमा छुटेकाहरू अहिले मुद्दा अगाडि बढाइस् भने बमले उडाइदिने धम्की दिइरहेका छन्।’ यो खबर आजको अन्नपूर्णपोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?