काठमाडौं, २१ पुस । उदयपुरका रामबहादुर मगर सोमबार मैतीदेवी–पुरानो बानेश्वर सडकमा पर्ने सेतोपुलछेउ सडकपेटीमा सुतिरहेका भेटिए। पेटीबाट हिँड्ने यात्रु मगरतिर मुन्टो घुमाएर हेर्दै अघि बढिरहेका थिए। तर, उनलाई कसैको वास्ता थिएन। चिसो भुइँमा सामान्य कपडा ओछ्याएर एकसरो लुगामा पातलो ओढ्ने ओडेर सुतेका थिए।
उनी कागज, टिन बटुलेर पैसा जम्मा गर्छन्। दैनिक कमाइ ५० देखि ६० रुपैयाँ हुने उनले सुनाए। ‘दिनभर कार्टुन बटुल्छु’, लरबरिएको बोलीमा उनले भने, ‘तर, ५०–६० रुपैयाँ मात्रै कमाइ हुन्छ। त्यसैले बिस्कुट किनेर खान्छु।’ आम्दानीले गतिलो खानै पुग्दैन। राम्रो सुत्ने व्यवस्था गर्न सक्ने कुरै भएन। त्यसैले उनी पुसको चिसोमा पनि सडकपेटीको सहारा लिन बाध्य छन्। चिसोमा सडकमा सुत्न बाध्य उनी मात्रै होइनन्। सहरमा कोरोना महामारीले रोजगारी गुमेका धेरै मजदुर सडकमा आइपुगेका छन्।
उनीहरू भएको रोजगारी गुमाएर सडकको सहारा लिन बाध्य छन्।उनी कागज, टिन बटुलेर पैसा जम्मा गर्छन्। दैनिक कमाइ ५० देखि ६० रुपैयाँ हुने उनले सुनाए। ‘दिनभर कार्टुन बटुल्छु’, लरबरिएको बोलीमा उनले भने, ‘तर, ५०–६० रुपैयाँ मात्रै कमाइ हुन्छ। त्यसैले बिस्कुट किनेर खान्छु।’ आम्दानीले गतिलो खानै पुग्दैन। राम्रो सुत्ने व्यवस्था गर्न सक्ने कुरै भएन। त्यसैले उनी पुसको चिसोमा पनि सडकपेटीको सहारा लिन बाध्य छन्।
चिसोमा सडकमा सुत्न बाध्य उनी मात्रै होइनन्। सहरमा कोरोना महामारीले रोजगारी गुमेका धेरै मजदुर सडकमा आइपुगेका छन्। उनीहरू भएको रोजगारी गुमाएर सडकको सहारा लिन बाध्य छन्।
काभ्रेका शिव रेग्मी कोरोना महामारीअघि भारी बोक्ने काम गर्थे। तर, महामारीले रोजगारी गुम्यो। सँगसँगै आँखामा समस्या भयो। एउटा आँखा देख्न छाडे। अहिले उनी सडकमा सहयोग माग्दै हिँड्छन्।

दार्चुलाका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ। आइतबार बिहानदेखि भइरहेको वर्षा र हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको छ। चिसोका कारण लेकाली क्षेत्रका मानिस र पशु चौपाया कठ्यांग्रिएका छन्।
दार्चुलाको व्यास, अपिहिमाल, नौगाड, दुहुँ, र मार्मा गाउँपालिकाका उच्च भूभागमा हिमपात भएको हो। आइतबार साँझ परेको अविरल वर्षाका कारण मौसममा परिवर्तन आएर बढी हिमपात भएको स्थानीय खिमानन्द भट्टले बताए। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।




