advertisement

कार्यकाल सकिएपछि सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्‍याएन । सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि सत्ताधारी नेकपामा विभाजन आयो । ऊर्जामन्त्री वर्षमान पुन राजीनामा दिएर सरकारबाट बाहिरिए । यसै साता प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा मन्त्रालयको जिम्मेवारीमा रायमाझीलाई ल्याए ।

बिजुली बारम्बार झ्यापझ्याप काटिन थाल्यो । यो खबर आजको कान्तिपुर दैनिकमा  छ ।

" /> फेरि लोडसेडिङ फर्किने त्रास बढ्यो - Sarbocha Media

फेरि लोडसेडिङ फर्किने त्रास बढ्यो

`

     २०७७ पौष १६ गते १:४२

काठमडौं, १६ पुस । बिजुली बारम्बार जान थालेपछि उपभोक्तामा पुनः लोडसेडिङ फर्किने त्रास बढेको छ ।

यो बेला यो कारणले यति समय लाइन काटिने छ भनेर विद्युत् प्राधिकरणले पूर्वसूचना नै नदिई बत्ती काटिदिँदा उपभोक्तामाझ शंका बढेको हो । शंका बलियो हुनुको अर्को कारण हो, कार्यकारी प्रमुख कुलमान घिसिङको पदावधि नथपिनु र ऊर्जा मन्त्रालयमा टोपबहादुर रायमाझीको पुनरागमन ।

रायमाझीको ऊर्जा मन्त्रालयबाट बहिर्गमनसँगैको संयोग थियो मुलुक लोडसेडिङमुक्त घोषणा हुनु । विद्युत् आयोजनाहरू थपिए । राष्ट्रिय प्रसारणले बिजुलीको ‘पिक डिमान्ड’ धान्न सक्ने भयो । त्यसबेला घिसिङले बिजुली पर्याप्त हुने मात्रै होइन विदेश निर्यात व्यापार पनि गर्न सकिने बताए । उनले स्वदेशी ऊर्जा छेलोखेलो भयो भन्दै सर्वसाधारणलाई विद्युत्को अधिकतम उपयोग गर्न हौस्याए ।

advertisement

कार्यकाल सकिएपछि सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्‍याएन । सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि सत्ताधारी नेकपामा विभाजन आयो । ऊर्जामन्त्री वर्षमान पुन राजीनामा दिएर सरकारबाट बाहिरिए । यसै साता प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा मन्त्रालयको जिम्मेवारीमा रायमाझीलाई ल्याए ।

बिजुली बारम्बार झ्यापझ्याप काटिन थाल्यो । यो खबर आजको कान्तिपुर दैनिकमा  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?