advertisement

अधिकृत कँडेलका अनुसार शरीर सुन्निएको र श्वासप्रश्वासमा मस्या भएपछि पुस ६ गते बेलुका प्रदेश अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उनको सोही दिन नै प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतबाट पीसीआर परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

त्यसलगत्तै उनलाई प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो । प्रोटोकल अनुसारका सबै उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभइ उपचारकै क्रममा मृत्यु भएको महाशाखाले जनाएको छ । उक्त शव व्यवस्थापन गर्न जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले समन्वय गरिरहेको कँडेलले जानकारी दिए।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या २४ पुगेको जनस्वास्थ्य शाखा प्रमुख कँडेलले जानकारी दिए ।

" /> सुर्खेतमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु - Sarbocha Media

सुर्खेतमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

`

     २०७७ पौष ०९ गते ८:४५

सुर्खेत, ९ पुस। सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा चिङ्गाड गाउँपालिका–५, निवासी ७३ वर्षीय महिला रहको छ।

उनको बुधबार राति साढे १० बजे बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

 

advertisement

अधिकृत कँडेलका अनुसार शरीर सुन्निएको र श्वासप्रश्वासमा मस्या भएपछि पुस ६ गते बेलुका प्रदेश अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उनको सोही दिन नै प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतबाट पीसीआर परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

त्यसलगत्तै उनलाई प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो । प्रोटोकल अनुसारका सबै उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभइ उपचारकै क्रममा मृत्यु भएको महाशाखाले जनाएको छ । उक्त शव व्यवस्थापन गर्न जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले समन्वय गरिरहेको कँडेलले जानकारी दिए।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या २४ पुगेको जनस्वास्थ्य शाखा प्रमुख कँडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?