advertisement

चितवन र मकवानपुरको सिमाना लोथर खोलाछेउमा रहेको जग्गामा ०२७, ०५० र ०५९ मा बाढी पसेर बगर बनाएको थियो । सरकारले सामान्य ड्याम बनाउँदै आएको भए पनि वर्षात्मा उर्लिने लोथरले भत्काएर यो ठाउँमा खोला पस्दै आएको छ । यही ठाउँमा पेट्रोलियम भण्डारण बनाउने भनेर निगमले २३ बिघा जग्गा किनेको छ । यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> निगममा एक अर्ब ६ करोड भ्रष्टाचार : अख्तियारको तामेलीमा राखेर निगमका तत्कालीन अध्यक्ष अख्तियारकै प्रमुख आयुक्तमा सिफारिस - Sarbocha Media

निगममा एक अर्ब ६ करोड भ्रष्टाचार : अख्तियारको तामेलीमा राखेर निगमका तत्कालीन अध्यक्ष अख्तियारकै प्रमुख आयुक्तमा सिफारिस

`

     २०७७ पौष ०७ गते १२:४२

एजेन्सी, ७ पुस । झापाको मेचीनगर नगरपालिका– १३ दुवागढीमा मानवबस्ती विकास भइरहेको ठाउँमा पेट्रोलियम भण्डारण बनाउने भन्दै आयल निमगले जग्गा खरिद गरेको छ ।

साबिक दुवागढी गाविसमा पर्ने जग्गा निगमले प्रतिकट्ठा १३ लाख ५१ हजार रुपैयाँको दरमा जग्गा किनेको हो । तर, स्थानीयलाई भने चुपचाप बस्न भन्दै चारदेखि सात लाख रुपैयाँ प्रतिकट्ठा थमाइएको थियो । अनुगमनमा गएको संसदीय छानबिन समितिसँग स्थानीयले भनेका थिए, ‘दुवागढीमा १९ बिघा जग्गा खरिद थर्दा झन्डै ३० करोड रुपैयाँ घोटाला भएको छ ।’

सर्लाहीको नेत्रगन्जमा बढीमा प्रतिकट्ठा दुई लाख ७५ हजारमा किनबेच भइरहेको जग्गा आयल निगमले नौ लाख ६० हजारका दरले खरिद गरेको तथ्य संसदीय छानबिन समितिले संकलन गरेको थियो । नेत्रगन्जमा बागवानी केन्द्रभन्दा उत्तरतर्फ १५ बिघा ६ कट्ठा १४ धुर जमिन खरिद गरिएको छ । नेत्रगन्जमा १५ बिघा जग्गा खरिद गर्दा २० करोड ५५ लाख भ्रष्टाचार भएको थियो ।

advertisement

चितवन र मकवानपुरको सिमाना लोथर खोलाछेउमा रहेको जग्गामा ०२७, ०५० र ०५९ मा बाढी पसेर बगर बनाएको थियो । सरकारले सामान्य ड्याम बनाउँदै आएको भए पनि वर्षात्मा उर्लिने लोथरले भत्काएर यो ठाउँमा खोला पस्दै आएको छ । यही ठाउँमा पेट्रोलियम भण्डारण बनाउने भनेर निगमले २३ बिघा जग्गा किनेको छ । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?