advertisement

बडिमालिका नगरपालिका– ९ मार्तडीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु भएको प्रहरी कार्यालय बाजुराले बताएको छ । घरको भुइँतलामा चिसोले मृत्यु भएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बलेन्द्र नाथले जानकारी दिए । मृत्यु हुनेमा ३७ वर्षीय लालबहादुर विक रहेको जनाएको छ ।

मृतक विक घरभित्र भुइँ तलामा मृत अवस्थामा फेला परेको र स्थानीयले दिएको प्रारम्भिक जानकारीअनुसार मृतक आफ्नै लापरबाहीका कारण चिसोले कठ्यांग्रिएर मृत्यु भएको अनुमान गरिएको बताए ।

मृतकका आफन्तले आफ्नै लापरबाहीका कारण उनको ज्यान गएकाले मृतकको शव पोस्टमार्टम गर्न नमानेको र सहमतिअनुसार हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको बताएको छ ।

" /> बाजुरामा चिसोको कारण कठ्यांग्रिएर एक युवकको मृत्यु - Sarbocha Media

बाजुरामा चिसोको कारण कठ्यांग्रिएर एक युवकको मृत्यु

`

     २०७७ पौष ०३ गते ७:५९

बाजुरा, ३ पुस । बाजुरामा अत्यधिक चिसो बढेका कारण एक युवकको मृत्यु भएको छ ।

advertisement

बडिमालिका नगरपालिका– ९ मार्तडीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु भएको प्रहरी कार्यालय बाजुराले बताएको छ । घरको भुइँतलामा चिसोले मृत्यु भएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बलेन्द्र नाथले जानकारी दिए । मृत्यु हुनेमा ३७ वर्षीय लालबहादुर विक रहेको जनाएको छ ।

मृतक विक घरभित्र भुइँ तलामा मृत अवस्थामा फेला परेको र स्थानीयले दिएको प्रारम्भिक जानकारीअनुसार मृतक आफ्नै लापरबाहीका कारण चिसोले कठ्यांग्रिएर मृत्यु भएको अनुमान गरिएको बताए ।

मृतकका आफन्तले आफ्नै लापरबाहीका कारण उनको ज्यान गएकाले मृतकको शव पोस्टमार्टम गर्न नमानेको र सहमतिअनुसार हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?